दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
जंगली हात्तीका कारण घरवारविहीन भएका सप्तरीको रुपनी गाउँपालिकाका हात्ती पीडितलाई एक सामाजिक संस्थाले सहयोग प्रदान गरेको छ ।
धर्मी हल्फा महिला विकास क्लवले सो गाउँपालिकास्थित जगमोहन गाउँको हात्ती पीडित हहुरी चौधरीको परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची र पन्यु प्रदान गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सो कार्यक्रममा आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, वडा नं. ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगर तथा वडा सदस्यहरु पुष्पा श्रेष्ठ लौगि, बद्री नारायण चौधरी र ईलाका प्रहरी कार्यालय रुपनीको प्रहरी सहायक निरीक्षक कुमार बहादुर खत्रीले संयुक्त रूपमा वितरण गरे ।
पुस ५ गते राती जंगली हात्तीको आक्रमणका कारण पीडितहरु ज्यान जोगाउन सफल भए पनि घर क्षतिग्रस्त भएको थियो ।
हात्तीका कारण घरबारबिहीन चौधरीलाई राहत प्रदान
सारांश
- धर्मी हल्फा महिला विकास क्लवले सो गाउँपालिकास्थित जगमोहन गाउँको हात्ती पीडित हहुरी चौधरीको परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची र पन्यु प्रदान गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई.
- सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
- सो कार्यक्रममा आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया