सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल

राजविराज राजविराज
|
मंगलबार, चैत्र १०, २०७७
|
|
२८ पटक हेरिएको
Shares
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा सोमबार जनयुद्धका क्रममा सहिद भएका बेद प्रसाद भट्टराई (बादल) को शालिक अनावरण गर्दै पुर्वमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
  •       उनले जसपा लगायतका मधेश केन्द्रीत दलहरुले उठाएका मागहरुलाई सकारात्मक रुपमा लिएर अघि बढ्न आफ्नो पार्टी तयार रहेको जिकिर गरे ।
  • माओवादी, काँग्रेस र जसपा तीनै दल मिलेर सरकार बनाउनु अहिलेको आवश्यकता रहेकाले भन्दै उनले काँग्रेस र जसपा पनि त्यसका लागि तयार हुनुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत । 
    नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समुह लगायत सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
    सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा सोमबार जनयुद्धका क्रममा सहिद भएका बेद प्रसाद भट्टराई (बादल) को शालिक अनावरण गर्दै पुर्वमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । 
    उनले जसपा लगायतका मधेश केन्द्रीत दलहरुले उठाएका मागहरुलाई सकारात्मक रुपमा लिएर अघि बढ्न आफ्नो पार्टी तयार रहेको जिकिर गरे । माओवादी, काँग्रेस र जसपा तीनै दल मिलेर सरकार बनाउनु अहिलेको आवश्यकता रहेकाले भन्दै उनले काँग्रेस र जसपा पनि त्यसका लागि तयार हुनुपर्नेमा जोड दिए । 
    सहिदहरुको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्ने षडयन्त्रप्रति पार्टी सचेत रहेको बताउँदै पुर्वमन्त्री पोखरेलले सहिदहरुलाई सम्झिने र सहिद परिवारलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरे ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री विश्वनाथ साहले मुलुकमा प्राप्त भएका उपलब्धीहरुलाई समाप्त पार्न देशी विदेशी शक्तिहरुबाट ठुलो चलखेल भईरहेको आरोप लगाए । 
    नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा आयोजित शालिक अनावरण कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्ण, सुरुङ्गा नगरपालिका प्रमुख मुक्तिनाथ चौधरी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, नेकपा माओवादी केन्द्रका नेता असर्फी सदा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्वसभापति प्रकाश खतिवडा लगायतले बोलेका थिए ।
    सो अवसरमा जनयुद्धका क्रममा सहिद भएका र बेपता परिवारलाई दोसल्ला ओढाएर पुर्वमन्त्री पोखरेलले सम्मान समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
स्व. सिंहको सम्झनामा स्मृतीसभा 
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
३६ वर्ष पछी ब्यारेजका ५६ वटै ढोका खोलियो
३६ वर्ष पछी ब्यारेजका ५६ वटै ढोका खोलियो
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै
विष्णुपुर गाउँपालिकाले एक हजार  विपन्नलाई फाइबर सिरक बितरण गर्दै