दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा बजाज खडक वारियर्स र रुपनी राईडर्स प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगिताको लिग चरणको अन्तिम खेलमाव स् बजाज खडक वारियर्सले टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गरेको छ । यो जितसँगै बजाज खडक वारियर्स अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो । यस्तै अंक तालिकामा दोश्रो स्थानमा रुपनी राईडर्स रहेको छ ।
अंक तालिका अनुसार पहिलो वरियता र दोश्रो वरियताका टिम बीच फाइनल खेल हुनेछ । वारियर्स र राईडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दै ३/३ जित हात पारेको हो । दुबै टिमबीच शनिवार फाइनल प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा टिभीएस किंग्स राजविराजले २० ओभरमा ७ विकेटको क्षतीमा १ सय ५४ रन मात्र बनाउन सफल भयो ।
टिभीएसका लागि रोबिन सिंहले अविजित ५१, सुरज कुर्मीले ३६ प्रशान्त सिंहले २४ तथा सोनु अन्सारीले १६ रनको योगदान दिएका थिए ।
यता बजाज खडक वारियर्सका तर्फबाट गोमानन्द अमात्य, भुलावन सहानी र अनिल खरेलले २/२ विकेट लिए भने पप्पु यादवले १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १ सय ८१ रन बनाएको थियो ।
वारियर्सका लागि अनिल शाहले सर्वाधिक ७०, कप्तान विवेक यादवले ३७, निरज यादवले ३२ तथा पवन सर्राफले १८ रनको पारी खेलेका थिए ।
टिभीएस किंग्स राजविराजको बलिंगमा रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनिल शाह घोषित भए ।
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
सारांश
- शुक्रबार सम्पन्न प्रतियोगिताको लिग चरणको अन्तिम खेलमाव स् बजाज खडक वारियर्सले टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गरेको छ ।
- यो जितसँगै बजाज खडक वारियर्स अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो ।
- यस्तै अंक तालिकामा दोश्रो स्थानमा रुपनी राईडर्स रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया