दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
उच्च बार एशोसिएशन राजविराजको सम्पन्न निर्वाचनबाट डिएलएका अध्यक्ष भरत यादवसहित सम्पूर्ण प्यानल निर्वाचित भएका छन् ।
अध्यक्ष यादवले १ सय ६ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी पूण्य प्रसाद यादवले ५२ मत ल्याए भने अर्का अध्यक्ष पदका उम्मेदवार नवीन सिंहले ४० मत ल्याए ।
यस्तै उपाध्यक्षमा बाल कृष्ण ढुंगाना बिजयी भएका छन् । उनले ८६ मत ल्याए भने प्रतिद्वन्दी पार्वती कुमारी राउतले ७४ मत तथा कृष्ण कुमार केसीले ३९ मत प्राप्त गरे ।
यसैगरि सचिवमा मो. समिम अख्तर अलि निर्वाचित भए । उनले ७९ मत प्राप्त गरे भने प्रतिद्वन्दीद्वय मनोज देवले ६१ र धर्मेन्द्र प्रसाद यादवले ५३ मत प्राप्त गरे ।
यस्तै कोषाध्यक्षमा उपेन्द्र यादव बिजयी भएका छन् । उनले ९६ मत तथा उनका प्रतिद्वन्दी तेज नारायण चौधरीले ४९ र उमाशंकर देवले ४६ मत प्राप्त गरे ।
यस्तै सदस्य तथा केन्द्रिय पार्षदहरुमा समेत डिएलएकै अधिकांश उम्मेदवारहरु बिजयी भएका छन् ।
उच्च बार एशोसिएशनमा डिएलएको बर्चश्व
सारांश
- अध्यक्ष यादवले १ सय ६ मत प्राप्त गरे ।
- उनका प्रतिद्वन्दी पूण्य प्रसाद यादवले ५२ मत ल्याए भने अर्का अध्यक्ष पदका उम्मेदवार नवीन सिंहले ४० मत ल्याए ।
- यस्तै उपाध्यक्षमा बाल कृष्ण ढुंगाना बिजयी भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया