दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
घरमै लुकिबसेको गोप्य सूचनाको आधारमा राजविराज १६ निवासी करण कुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंस्थित नवमैत्री बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक डिल्लीप्रसाद भट्टराईको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुर मुद्दामा २०७७ मंसिर १५ गते प्रतिवादी दासमाथी उच्च अदालत पाटन, ललितपुरको संयुक्त बाणिज्य इजलासले १२ लाख जरिवाना र १० दिन कैद सजाय ठहर गरेको थियो ।
फैसला लगत्तै फरार भएका दासलाई पक्राउ गरि शुक्रबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
सारांश
- घरमै लुकिबसेको गोप्य सूचनाको आधारमा राजविराज १६ निवासी करण कुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।
- काठमाडौंस्थित नवमैत्री बचत तथा ऋण सहकारी संस्था लि.
- का प्रबन्धक डिल्लीप्रसाद भट्टराईको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुर मुद्दामा २०७७ मंसिर १५ गते प्रतिवादी दासमाथी उच्च अदालत पाटन, ललितपुरको संयुक्त बाणिज्य इजलासले १२ लाख जरिवाना र १० दिन कैद सजाय ठहर गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया