स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १०, २०७८
|
|
८० पटक हेरिएको
Shares
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न

सारांश

  •     राजविराज ७ स्थित पुर्ण ब्रह्मा कविर उपासक समाज सप्तरीको संयोजनमा जिल्लाको बोदेबर्साईन नगरपालिका ९ देउरी वस्ने २४ वर्षिय हरिनारायण साह र सिरहा नगरपालिका १९ सनहैठा वस्ने २१ वर्षिया अम्बिका कुमारी यादवबीच दाईजोको लेनदेन बिना आर्दश विवाह सम्पन्न भएको हो ।
  •     बेहुला बेहुली दुबै पक्षका गरी ५४ जनाको सहभागितामा आयोजित वैवाहिक समाहरोमा विवाहको विधी स्वरुप रमैनि पाठ गरिएको थियो ।
  • १७ मिनेटमै पाठ र बेहला बेहुलीको हातमा रक्षाको धागो बाँध्ने काम सम्पन्न भएपछि विवाहको कार्यक्रम पनि पुरा भएको संस्थाका संयोजक विवेकानन्द सिहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    कोरोना माहामारीलाई ध्यानमा राख्दै तथा दाईजो प्रथालाई चुनौती दिदै सप्तरीमा शुक्रवार १७ मिनेट मै एक जोडीको आर्दश अन्तरजातीय विवाह सम्पन्न भएको छ । 
    राजविराज ७ स्थित पुर्ण ब्रह्मा कविर उपासक समाज सप्तरीको संयोजनमा जिल्लाको बोदेबर्साईन नगरपालिका ९ देउरी वस्ने २४ वर्षिय हरिनारायण साह र सिरहा नगरपालिका १९ सनहैठा वस्ने २१ वर्षिया अम्बिका कुमारी यादवबीच दाईजोको लेनदेन बिना आर्दश विवाह सम्पन्न भएको हो ।
    बेहुला बेहुली दुबै पक्षका गरी ५४ जनाको सहभागितामा आयोजित वैवाहिक समाहरोमा विवाहको विधी स्वरुप रमैनि पाठ गरिएको थियो । १७ मिनेटमै पाठ र बेहला बेहुलीको हातमा रक्षाको धागो बाँध्ने काम सम्पन्न भएपछि विवाहको कार्यक्रम पनि पुरा भएको संस्थाका संयोजक विवेकानन्द सिहले जानकारी दिए । 
    विवाह अवधिभर भारतका चर्चित सन्त रामपालजी महराजको टेलिभिजन मार्फत कथा वाचन र प्रवचन प्रसारण गरिएको थियो । 
    स्थानीय सतलोक आश्रममा आयोजित वैवाहिक कार्यक्रममा सहभागीहरुलाई संस्थाकै तर्फबाट चिया विस्कुट खुवाए विदाई गरिएको संयोजक सिहले बताए        उनले विवाहमा दाईजाको लेनदेन गर्ने चलनलाई निरुत्साहित गर्न र उदाहरणिय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले अग्रसरता देखाएको भन्दै भविष्यमा पनि यस्ता विवाहलाई अझै प्राथमिकताका साथ अघि बढाउने उनले प्रतिबद्धता समेत जनाए । 
    यता बेहुला बेहुलीका साथै विवाहका सहभागी सबैले मास्क लगाई कार्यक्रममा सहभागिता जनाएका थिए । विवाहलाई सुरक्षित गराउन उनीहरुको विवाह दर्ता समेत गराई सकिएको संयोजक सिहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 
धानुक मण्डल उत्थान समितिद्वारा जेष्ठ नागरिक र विद्यार्थी सम्मानित 
तलबका लागि मदरसामा तालाबन्दी
तलबका लागि मदरसामा तालाबन्दी
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन
धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
तरुण दलले मनाए स्थापना दिवस
तरुण दलले मनाए स्थापना दिवस