दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
कोरोना माहामारीलाई ध्यानमा राख्दै तथा दाईजो प्रथालाई चुनौती दिदै सप्तरीमा शुक्रवार १७ मिनेट मै एक जोडीको आर्दश अन्तरजातीय विवाह सम्पन्न भएको छ ।
राजविराज ७ स्थित पुर्ण ब्रह्मा कविर उपासक समाज सप्तरीको संयोजनमा जिल्लाको बोदेबर्साईन नगरपालिका ९ देउरी वस्ने २४ वर्षिय हरिनारायण साह र सिरहा नगरपालिका १९ सनहैठा वस्ने २१ वर्षिया अम्बिका कुमारी यादवबीच दाईजोको लेनदेन बिना आर्दश विवाह सम्पन्न भएको हो ।
बेहुला बेहुली दुबै पक्षका गरी ५४ जनाको सहभागितामा आयोजित वैवाहिक समाहरोमा विवाहको विधी स्वरुप रमैनि पाठ गरिएको थियो । १७ मिनेटमै पाठ र बेहला बेहुलीको हातमा रक्षाको धागो बाँध्ने काम सम्पन्न भएपछि विवाहको कार्यक्रम पनि पुरा भएको संस्थाका संयोजक विवेकानन्द सिहले जानकारी दिए ।
विवाह अवधिभर भारतका चर्चित सन्त रामपालजी महराजको टेलिभिजन मार्फत कथा वाचन र प्रवचन प्रसारण गरिएको थियो ।
स्थानीय सतलोक आश्रममा आयोजित वैवाहिक कार्यक्रममा सहभागीहरुलाई संस्थाकै तर्फबाट चिया विस्कुट खुवाए विदाई गरिएको संयोजक सिहले बताए उनले विवाहमा दाईजाको लेनदेन गर्ने चलनलाई निरुत्साहित गर्न र उदाहरणिय विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले अग्रसरता देखाएको भन्दै भविष्यमा पनि यस्ता विवाहलाई अझै प्राथमिकताका साथ अघि बढाउने उनले प्रतिबद्धता समेत जनाए ।
यता बेहुला बेहुलीका साथै विवाहका सहभागी सबैले मास्क लगाई कार्यक्रममा सहभागिता जनाएका थिए । विवाहलाई सुरक्षित गराउन उनीहरुको विवाह दर्ता समेत गराई सकिएको संयोजक सिहले जानकारी दिए ।
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
सारांश
- राजविराज ७ स्थित पुर्ण ब्रह्मा कविर उपासक समाज सप्तरीको संयोजनमा जिल्लाको बोदेबर्साईन नगरपालिका ९ देउरी वस्ने २४ वर्षिय हरिनारायण साह र सिरहा नगरपालिका १९ सनहैठा वस्ने २१ वर्षिया अम्बिका कुमारी यादवबीच दाईजोको लेनदेन बिना आर्दश विवाह सम्पन्न भएको हो ।
- बेहुला बेहुली दुबै पक्षका गरी ५४ जनाको सहभागितामा आयोजित वैवाहिक समाहरोमा विवाहको विधी स्वरुप रमैनि पाठ गरिएको थियो ।
- १७ मिनेटमै पाठ र बेहला बेहुलीको हातमा रक्षाको धागो बाँध्ने काम सम्पन्न भएपछि विवाहको कार्यक्रम पनि पुरा भएको संस्थाका संयोजक विवेकानन्द सिहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया