सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि

राजविराज राजविराज
|
मंगलबार, बैशाख २१, २०७८
|
|
२८ पटक हेरिएको
Shares
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि

सारांश

  •     जसमध्ये सर्वाधिक राजविराज नगरपालिकाका १४ जना संक्रमित भेटिएका छन् ।
  • राजविराज वडा नं.
  • २ मा २, वडा नं.

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख । 
    सप्तरीमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ७२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    जसमध्ये सर्वाधिक राजविराज नगरपालिकाका १४ जना संक्रमित भेटिएका छन् । राजविराज वडा नं. २ मा २, वडा नं. ३ मा ३, वडा नं. ४ मा २, वडा नं. ५ मा २, वडा नं. ७ मा १, वडा नं. ८ मा ३ र वडा नं. १६ मा १ जना संक्रमित भएका छन् ।  
    यसैगरी रुपनी गाउँपालिका वडा नं. १ का ३ र २ का १ जना, राजगढ गाउँपालिका वडा नं. ३ का १ जना, तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ का ३ र ८ का १ जना, कञ्चनरुप नगरपालिका वडा नं. २ का ४ जनामा संक्रमण पुष्टि भएको छ ।
    यस्तै जिल्लाकै सप्तकोशी नगरपालिका वडा नं. १ का २ जना, डाक्नेश्वरी नगरपालिका वडा नं. ९, ७ र १० का १/१ जना, बोदेबरसाइन नगरपालिका वडा नं. ४ र ६ का १/१ जना, महादेवा गाउँपालिका वडा नं. ३ का २ जना तथा वडा नं. ४ का ३ र खडक नगरपालिका वडा नं. ४ का १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
    मंगलबार संक्रमण पुष्टि भएकाहरुमम्धये एक जना पत्रकार र स्वास्थ्यकर्मीसमेत रहेका छन् । यसअघि अघिल्लो दिन सोमबार ६५ जनाको परिक्षण गर्दा ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको भोलिपल्टै मंगलबार ५२ जनाको परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएपछि अहिले स्थानिय त्रसित भएक छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?