सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा

राजविराज राजविराज
|
बिहिबार, बैशाख २३, २०७८
|
|
२७ पटक हेरिएको
Shares
सप्तरीको शहरी क्षेत्रहरुमा शनिबार  राती १२ बजेदेखी निषेधाज्ञा

सारांश

  •     जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरिएको हो ।
  •       प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाको राजविराज, फत्तेपुर, कंचनपुर, बरमझिया, भारदह, हनुमाननगर, रुपनी, कठौना, कल्याणपुर, पातो, तोपा, महुली, बिरेन्द्र बजार, खरचुहिया, विष्णुपुर, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, पत्थरगाडा र बोदेबरसाइन लगायतका बजारहरुमा निषेधाज्ञा जारि गरिएको जनाइएको छ ।
  •       यस्तै बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ भने निजी क्लिनिक सञ्चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्चालन गर्न बैठकले भनेको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 
    सप्तरी जिल्लामा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएकोले जिल्लाका शहरी क्षेत्रहरुमा बैशाख २५ गते राती १२ बजेदेखी निषेधाज्ञा लगाइने निर्णय भएको छ । 
    जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरिएको हो । 

    प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाको राजविराज, फत्तेपुर, कंचनपुर, बरमझिया, भारदह, हनुमाननगर, रुपनी, कठौना, कल्याणपुर, पातो, तोपा, महुली, बिरेन्द्र बजार, खरचुहिया, विष्णुपुर, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, पत्थरगाडा र बोदेबरसाइन लगायतका बजारहरुमा निषेधाज्ञा जारि गरिएको जनाइएको छ । 
    यस्तै बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ भने निजी क्लिनिक सञ्चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्चालन गर्न बैठकले भनेको छ ।
    जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले भनेको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसन सञ्चालन गर्न निर्णय गरिएको छ । 
    यस्तै, कन्ट्याक्ट ट्रेसिङ्ग र परीक्षण जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गर्ने गरी गर्ने र कुनै स्थानीय तहमा संक्रमण देखिए त्यसलाई सिल गर्न स्थानीय तह र प्रहरीलाई जिम्मेवारी दिइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
छठ पर्वपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम सूचारु हुन्छ ः राष्ट्रिय सभा सदस्य प्याकुरेल
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
एकै ब्यक्तीको एक दिनको फरकमा दुई किसिमको स्वास्थ्य रिर्पाेट
एकै ब्यक्तीको एक दिनको फरकमा दुई किसिमको स्वास्थ्य रिर्पाेट
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह