दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा मंगलबार बिहान एक मालवाहक ट्रकले ठक्कर दिँदा साइकलमा सवार एक दम्पत्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय सत्यनारायण मंडल र उनकी ४० वर्षिया पत्नी सुनितादेवी मंडल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लकडाउनका समयमा बिहान ६ बजेतिर छिमेकी बजार बरमझियामा गई केही घरायसी समान खरीद गर्ने योजनाका साथ साइकलमा निस्केका मंडल दम्पत्तिलाई विपरीत दिसाबाट तिब्र गतिमा आउँदै गरेको ना.६ख. ३८६१ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
ट्रकले ठक्कर दिएपछि गम्भिर घाइते भएका दुबैलाई तत्कालै उद्दार गरि उपचारका लागि भारदह अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रकले लियो पति पत्नीको ज्यान
सारांश
- मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय सत्यनारायण मंडल र उनकी ४० वर्षिया पत्नी सुनितादेवी मंडल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- लकडाउनका समयमा बिहान ६ बजेतिर छिमेकी बजार बरमझियामा गई केही घरायसी समान खरीद गर्ने योजनाका साथ साइकलमा निस्केका मंडल दम्पत्तिलाई विपरीत दिसाबाट तिब्र गतिमा आउँदै गरेको ना.
- ६ख.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया