दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरी प्रहरीले १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १० वर्षिय बालिका बलात्कार गरि फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी ओमप्रकाश मुखियालाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको हो । सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद भुक्तानका लागि शुक्रबार राजविराज कारागार चलान गरिएको छ ।
२०६४ साल असोज ९ गते २ बजेतिर सोही गाउँपालिकाकी १० वर्षिय बालिका गाईबस्तु चराउन घरबाहिर निस्केको मौकाछोपी मुखियासहितको चारजनाको समूहले बाँसघारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै बलात्कारमा संलग्न सबै फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उक्त मुद्दा उपर सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ३ गते सबै आरोपितलाई जनही १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनामा संलग्न एक जना यसअघि नै पक्राउ परिसकेका छन् भने दुई जना अझै फरार रहेको र खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ ।
बालिकाको सामूहिक बलात्कारमा संलग्न एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ
सारांश
- दैनिक समाचारदाता राजविराज, ४ असार ।
- सप्तरी प्रहरीले १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
- विशेष सूचनाको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १० वर्षिय बालिका बलात्कार गरि फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ निवासी ओमप्रकाश मुखियालाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया