बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास

राजविराज राजविराज
|
बुधबार, आषाढ २३, २०७८
|
|
२९ पटक हेरिएको
Shares
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास

सारांश

  •     लामो समयदेखी जग्गा विवादका कारण निर्माण हुनेमा शंका व्यक्त गरिँदा मंगलबार प्रधानमन्त्रीले उद्घाटन गरे पश्चात् अब स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमै बन्ने निश्चित समेत भएको छ ।
  •       आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
  • उहाँले प्रतिष्ठान संचालनमा आएपछि स्वास्थ्य सेवाका साथै रोजगारीका अवसरहरु समेत सृजना हुने विश्वास व्यक्त गर्नुभयो ।

दैनिक समाचारदाता
राजविराज, २२ असार ।
    सप्तरीका बहुचर्चित एवं प्रतिक्षित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजविराजमा मंगलबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ । 
    लामो समयदेखी जग्गा विवादका कारण निर्माण हुनेमा शंका व्यक्त गरिँदा मंगलबार प्रधानमन्त्रीले उद्घाटन गरे पश्चात् अब स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमै बन्ने निश्चित समेत भएको छ । 
    आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले प्रतिष्ठान निर्माणको काम पूरा भएपछि सप्तरी जिल्लाको आर्थिक विकासमा ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले प्रतिष्ठान संचालनमा आएपछि स्वास्थ्य सेवाका साथै रोजगारीका अवसरहरु समेत सृजना हुने विश्वास व्यक्त गर्नुभयो । 
    स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै सप्तरीमा रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको सुधार, रुपनीदेखी दक्षिणतर्फको फोर लाइन सडक तथा जिल्लाको कृषिमा आधुनिकीकरणका लागि समेत सरकारले काम गरिरहेको जानकारी पनि दिनुभयो ।
    प्रधानमन्त्री ओलीले शिलान्यास मन्तव्यकै क्रममा जिल्लाको विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधी तथा सप्तरीवासीलाई एकजुट भई सघाउन आग्रह समेत गर्नुभयो । 
यता प्रधामन्त्रीले त्यसको शिलान्यास समेत गर्दा अहिले जिल्लामा खुशीयाली छाएको छ । 
    प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रन्जित झाले ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाको निर्माण कार्य तिब्र गतिमा बढाउने र पाँच वर्ष भित्र सम्पन्न गरि संचालनमा ल्याई सकिने लक्ष्य रहेको जानकारी दिनुभयो । 
    २०७५ भदौं १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार राजविराज नगरपालिकाले वडा नं. १० दिघवास्थित हुलाकी राजमार्ग छेउमा ६२ विगहा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानिय एक सहकारी संस्थाले दाबी गरेपछि जग्गा विवाद उत्पन्न भई प्रतिष्ठान निर्माण अन्यौलमा परेको थियो । 
    यसैबीच जनता समाजवादी पार्टीको तर्फबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका लक्ष्मणलाल कर्णले पद वहाली गरे लगत्तै उक्त जग्गा प्रतिष्ठानको नाममा स्वीकृत गरेपछि प्रतिष्ठान निर्माणको बाटो सहज भएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
सिरहालाई प्रधानमन्त्री कप प्रदेशस्तरिय टि–ट्वान्टी कप छनौट प्रतियोगिताको उपाधी 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
सप्तरीको छिन्नमस्तामा उपनिर्वाचनको गतिविधी तिब्र 
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
आठ दिनको अन्तरालमा  बाबु–छोरा निलम्बनमा
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड 
साइकलसहित युवक खोला किनारमा मृत फेला
साइकलसहित युवक खोला किनारमा मृत फेला