प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १५, २०७८
|
|
२९ पटक हेरिएको
Shares
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो

सारांश

  •     जरिवानासहित २० लाख भन्दा बढी रकम विद्युत महसुल वक्यौता नतिरेपछि मंगलबार काटिएको राजविराज नगरपालिकाको विद्युत लाइन बुधबार आफ्नै कर्मचारी लगाएर नगरपालिकाले जोडेको विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले जनाएको छ ।
  •       विद्युत प्राधिकरणले राजविराज नगरपालिकालाई विद्युत महसुल वापत बुझाउन बाँकी रहेको वक्यौता तिर्न पटक पटक ताकेता गर्दा पनि नगरपालिका कार्यालयले वेवास्ता गरेपछि गत मंगलबार प्राधिकरणले नगरपालिकाको लाइन काटेको थियो ।
  •       बितरण केन्द्रका निमित्त प्रमुख बिमल साहले विद्युत अभावमा कार्यालयको काम प्रभावित भएको भन्दै नगरपालिकाका विद्युत फाँटका कर्मचारीले पोलबाट लाइन जोडेका जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ साउन । 
    नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल बाँकी रहेको भन्दै राजविराज नगरपालिकाको काटेको क स्लाइन २४ घण्टा नबित्दै नगरपालिकाले आफै जोडेको छ । 
    जरिवानासहित २० लाख भन्दा बढी रकम विद्युत महसुल वक्यौता नतिरेपछि मंगलबार काटिएको राजविराज नगरपालिकाको विद्युत लाइन बुधबार आफ्नै कर्मचारी लगाएर नगरपालिकाले जोडेको विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले जनाएको छ । 
    विद्युत प्राधिकरणले राजविराज नगरपालिकालाई विद्युत महसुल वापत बुझाउन बाँकी रहेको वक्यौता तिर्न पटक पटक ताकेता गर्दा पनि नगरपालिका कार्यालयले वेवास्ता गरेपछि गत मंगलबार प्राधिकरणले नगरपालिकाको लाइन काटेको थियो । 
    बितरण केन्द्रका निमित्त प्रमुख बिमल साहले विद्युत अभावमा कार्यालयको काम प्रभावित भएको भन्दै नगरपालिकाका विद्युत फाँटका कर्मचारीले पोलबाट लाइन जोडेका जानकारी दिएका छन् । 
    महसुल नतिरिकन आफैले लाइन जोडेको थाहा पाएपछि आफ्नै नेतृत्वमा बिहीबार एक टोली नगरपालिका पुगेर आपत्ति प्रकट गरेको निमित्त प्रमुख साहले बताए । बाँकी वक्यौता रकम किस्तामा भएपनि छिटै तिर्ने प्रमुख प्रशासकीय अधिकृत मदन थापासँग भएको मौखिक सहमति पश्चात् आफूहरु फर्किएको उनले बताए । 
    प्राधिकरणका निमित्त प्रमुख साहले नगरपालिकाले विभिन्न ठाउँमा ५ वटा मिटर मार्फत विद्युत लाइन उपभोग गर्दै आएको तथा ती सबै वक्यौता जोड्दा जरिवानासहित २० लाख भन्दा बढी पुगेको उल्लेख गरे ।
    यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले विद्युत प्राधिकरण बितरण केन्द्रको बिद्युत महसुल वापतको वक्यौता रकम आपसी सहमतिमा चाडै बुझाउने छलफल भएको बताउँदै प्राधिकरणले लाइन नकाटेको र आफूहरुले पनि आफ्नो कर्मचारी लगाएर लाइन पनि नजोडेको दाबी पनि गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
पुनः जंगली हात्तिले घर भत्कायो, अन्नपात नष्ट
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ
चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके
न्युनतम एक व्यक्तिलाई एक सय दिन रोजगारी दिनेमा सबै पालिका चुके