दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
एजेन्टको प्रलोभन र ठगिको शिकारमा परेका सप्तरीका तीन जना यूवाहरु विगत एक वर्षदेखी न्यायको खोजीमा भौतारिदै छन् ।
एजेन्टले भने अनुसारको काम नपाएपछि एक महिनासम्म दुबईमा अलपत्र परेर जसोतसो घर फर्किएका राजविराजका संजय दास, धिरेन्द्र कुमार दास र जिल्लाको विष्णुपुर गाउँपालिकाका बेदानन्द यादव विगत एक वर्षदेखी न्यायका लागि प्रहरी र संचारकर्मीसमक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
आकर्षक तलब र रोजगारी दिलाउने प्रलोभन देखाई लाखौं रकम ठगि गर्ने जिल्लाकै रुपनी गाउँपालिका २ बस्ने म्यानपावर एजेन्ट अशोक कुमार यादवले संजय दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काममा लगाइदिने भन्दै २ लाख ४३ हजार ६ सय रुँपैया, बेदानन्दबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्रसँग १ लाख ८६ हजार रुँपैया लिएको पीडितहरुले बताएका छन् ।
दुबई पुगेपछि एजेन्टले भने अनुसारको काम नपाइएको र एक महिनासम्म आफूहरु अलपत्र र कष्टकर जिवन बिताएर जसोतसो घर फर्किएको अर्का पीडित बेदानन्दले सुनाए ।
२०७५ पुस २५ गते आफूहरु फर्किएपछि सिधै जिल्ला प्रहरी कार्यालयमा पुगि ठगि गर्ने एजेन्ट अशोक बिरुद्ध उजुरी दिँदा उनलाई प्रहरीले पक्राउ गरी एक दिन हिरासतमा राखेको थियो । हिरासतमा रहेका बेला अशोकले प्रहरी समक्ष पीडितहरुले भने अनुसारको रकम लिएको स्विकार्दै एक महिना भित्र रकम फिर्ता गर्ने कागज समेत गरीदिएका थिए । सोही शर्त र कागज गरिदिएपछि थुनामुक्त भएका अशोक हाल फरार भएको पीडितहरुको गुनासो छ । यस्तै पीडित वेदानन्दले प्रहरीमा जाँदा निजको खोजतलास भईरहेको जवाफ बाहेक केही पाउन नसकेको बताएका छन् ।
यता जिल्ला प्रशासन कार्यालयस्थित सुरक्षित आप्रवाशन परियोजनामा समेत लिखित जानकारी गराएको र त्यहाँबाट पनि आवश्यक पहल जारी रहेको जवाफ पाएको बताए ।
यसबारे इलाका प्रहरी रुपनीका सई अवधेश चौवेले जिल्लाबाट निज अशोक यादवलाई पक्रिन पक्राउ पुर्जी समेत जारी भइसकेको र उनको खोजतलास तिब्र बनाइएको जानकारी दिएका छन् ।
सीप र सूचना नलिई एजेन्टको प्रलोभनमा परि बैदेशिक रोजगारीमा गएका कारण जिल्लाका धेरै यूवाहरु ठगिने र विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
सारांश
- एजेन्टले भने अनुसारको काम नपाएपछि एक महिनासम्म दुबईमा अलपत्र परेर जसोतसो घर फर्किएका राजविराजका संजय दास, धिरेन्द्र कुमार दास र जिल्लाको विष्णुपुर गाउँपालिकाका बेदानन्द यादव विगत एक वर्षदेखी न्यायका लागि प्रहरी र संचारकर्मीसमक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
- आकर्षक तलब र रोजगारी दिलाउने प्रलोभन देखाई लाखौं रकम ठगि गर्ने जिल्लाकै रुपनी गाउँपालिका २ बस्ने म्यानपावर एजेन्ट अशोक कुमार यादवले संजय दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काममा लगाइदिने भन्दै २ लाख ४३ हजार ६ सय रुँपैया, बेदानन्दबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्रसँग १ लाख ८६ हजार रुँपैया लिएको पीडितहरुले बताएका छन् ।
- दुबई पुगेपछि एजेन्टले भने अनुसारको काम नपाइएको र एक महिनासम्म आफूहरु अलपत्र र कष्टकर जिवन बिताएर जसोतसो घर फर्किएको अर्का पीडित बेदानन्दले सुनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया