दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुलाई एक महिना भित्र सप्तरीका सम्पूर्ण अधुरा सडकहरुको निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएकी छिन् ।
सोमबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो निर्देशन दिदै जिल्ला सदरमुकाम जोड्ने ती अधुरा सडकहरुको निर्माण कार्य बारे जानकारी समेत लिइन् ।
उनले योजनाहरु अधुरो हुनुको कारणबारे जवाफ माग्दै एक महिना भित्र परिणाम आउनु पर्ने बताउँदै समयमा कार्य सम्पन्न नभए त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी पनि दिइन् ।
जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आयोजित अन्तरक्रियामा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सभा सदस्य मनिष सुमन, अभिषेक यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
एक महिना भित्र सडकहरुको निर्माण सम्पन्न गर्न मन्त्री यादवद्वारा निर्देशन
सारांश
- सोमबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो निर्देशन दिदै जिल्ला सदरमुकाम जोड्ने ती अधुरा सडकहरुको निर्माण कार्य बारे जानकारी समेत लिइन् ।
- उनले योजनाहरु अधुरो हुनुको कारणबारे जवाफ माग्दै एक महिना भित्र परिणाम आउनु पर्ने बताउँदै समयमा कार्य सम्पन्न नभए त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी पनि दिइन् ।
- जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आयोजित अन्तरक्रियामा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेश सभा सदस्य मनिष सुमन, अभिषेक यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया