दैनिक समाचारदाता
राजविराज, ४ कात्तिक ।
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका बौना दासका लागि बनाइएको अपाङमैत्री घर बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण भएको उक्त घर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्टिूयसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गर्दै गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्ने र सामाजिक रुपान्तरणमा टेवा पुग्ने उल्लेख गरे ।
शारिरीक रुपमा असक्त बौना दासको घर तथा शौचालय निर्माणका लागि सामाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादवलगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एवं पहलमा चन्दा संकलन गरि घर निर्माण गरिएको हो । ३७ वर्षिय बौना दासको उचाई २.५ फिट मात्र रहेको छ ।
तोपा बजार युथका अध्यक्ष कौशल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश २ का आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, केन्द्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश सभा सदस्यद्वय मनिष सुमन, नेत्रविक्रम साह, सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादव, उपाध्यक्ष मोहन यादव लगायतको उपस्थिती रहको थियो ।
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका बौना दासलाई घर हस्तान्तरण
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र गाउँपालिकाको सहयोगमा निर्माण भएको उक्त घर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्टिूयसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका हुन् ।
- कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गर्दै गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्ने र सामाजिक रुपान्तरणमा टेवा पुग्ने उल्लेख गरे ।
- शारिरीक रुपमा असक्त बौना दासको घर तथा शौचालय निर्माणका लागि सामाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादवलगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एवं पहलमा चन्दा संकलन गरि घर निर्माण गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया