दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
कार्यकर्ताको रिहाईको माग गर्दै आन्दोलनरत जनमत पार्टीले शुक्रबार राजविराजसहित जिल्लाको प्रमुख बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
राजविराजमा शिवमन्दिरको प्राङ्गणबाट मसालसहित निस्केको जुलुसले कार्यकर्ता रिहाईको माग तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।
काममा ढिलासुस्ती तथा विकास निर्माण कार्यमा आर्थिक अनियमितता गरेको भन्दै कात्तिक ४ गते जनकपुरमा संघीय ढल विकास तथा खानेपानी कार्यालयका निमित्त प्रमुख इन्जिनियर जागेश्वर कुशवाहामाथी भएको दुव्र्यवहारमा संलग्न रहेको आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ ।
यसअघि सोमबार आन्दोलन समिति गठन र सिटी जुलुस, मंगलबार मोटरसाइकल ¥याली, बुधबार बिरोध सभा र बिहीबार हरेक वडामा यूवा दस्ता प्रशिक्षण लगायतका आन्दोलन कार्यक्रम सम्पन्न गरिसकेका सो पार्टीले शनिबार अधिवेशन कार्यक्रम र आइतबार आन्दोलनको समिक्षा गरि आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरेको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिए । यस्तै पार्टीका वरिष्ठ नेता अनिस अंसारीले भ्रष्टाचारको अन्त्य तथा कार्यकर्ता रिहाईका लागि थालिएको आन्दोलन अझ सशक्त रुपमा अघि बढ्ने बताए ।
मसाल जुलुस पश्चात् आयोजित बिरोधसभालाई वरिष्ठ नेता अंसारी, जिल्ला सचिव साहलगायतले सम्बोधन गर्दै पक्राउ परेका कार्यकर्ताको रिहाई तथा भ्रष्टाचार उन्मूलन नभएसम्म आन्दोलन अझ सशक्त रुपमा अघि बढ्ने चेतावनी समेत दिएका थिए ।
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
सारांश
- राजविराजमा शिवमन्दिरको प्राङ्गणबाट मसालसहित निस्केको जुलुसले कार्यकर्ता रिहाईको माग तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।
- काममा ढिलासुस्ती तथा विकास निर्माण कार्यमा आर्थिक अनियमितता गरेको भन्दै कात्तिक ४ गते जनकपुरमा संघीय ढल विकास तथा खानेपानी कार्यालयका निमित्त प्रमुख इन्जिनियर जागेश्वर कुशवाहामाथी भएको दुव्र्यवहारमा संलग्न रहेको आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ ।
- यसअघि सोमबार आन्दोलन समिति गठन र सिटी जुलुस, मंगलबार मोटरसाइकल ¥याली, बुधबार बिरोध सभा र बिहीबार हरेक वडामा यूवा दस्ता प्रशिक्षण लगायतका आन्दोलन कार्यक्रम सम्पन्न गरिसकेका सो पार्टीले शनिबार अधिवेशन कार्यक्रम र आइतबार आन्दोलनको समिक्षा गरि आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने तयारी गरेको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया