दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिरमा दुई दिनदेखी एक सर्प देखा परेको छ ।
मन्दिर परिसरमा रहेको इनार भित्र करिब १०÷११ फिट लामो र ४÷५ इन्ची मोटाई भएको गोमन सर्प दुई दिनदेखि देखिएको हो ।
शनिवार राती केही हलचल महशुस भएपछि टर्च बालेर उक्त इनारमा हेर्दा सर्प तैरिरहेको देखेको मन्दिरका पुजारी महेश्वर भारतीले बताए । मन्दिर परिसरमा रहेको उक्त इनार विगत १० वर्ष देखी प्रयोग विहीन अवस्थामा रहेको छ ।
उक्त सर्पलाई ब्यवस्थापन गर्न जिल्ला बन कार्यालयले तयारी गरेको छ । विदा परेकाले सोमवार कार्यालय खुल्ना साथ कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासनको सहयोगमा उक्त सर्पको उद्धार गरी ब्यवस्थापन गर्ने तयारी रहेको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले बताए ।
महादेव मन्दिर परिसरको इनारमा सर्प
सारांश
- मन्दिर परिसरमा रहेको इनार भित्र करिब १०÷११ फिट लामो र ४÷५ इन्ची मोटाई भएको गोमन सर्प दुई दिनदेखि देखिएको हो ।
- शनिवार राती केही हलचल महशुस भएपछि टर्च बालेर उक्त इनारमा हेर्दा सर्प तैरिरहेको देखेको मन्दिरका पुजारी महेश्वर भारतीले बताए ।
- मन्दिर परिसरमा रहेको उक्त इनार विगत १० वर्ष देखी प्रयोग विहीन अवस्थामा रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया