दैनिक समाचारदाता
राजबिराज, १४ माघ ।
प्रहरीले ताल्चा फुटाएर पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालकलाई सामानसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका १३ र १४ वर्षिय दुई बालक छन् ।
छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाई उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरेर लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनी लुकाई राखेको अवस्थामा बरामद गरेको छ । उनीहरुको घरबाट सुडीको पसलमा चोरी गरिएका ४२ हजार २ सय ८० नेपाली तथा ६ हजार २ सय ७० भारतीय रुँपैया बरामद गरिएको छ ।
यस्तै सुन जस्तो देखिने ८ तोला २ आना धातुको गरगहना र ४३ तोला चाँदी जस्तो देखिने धातुको गरगहना र ६१ हजार २ सय ५० मुल्य बराबरको रिचार्ज कार्ड पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मल्हनियाका १३ र १४ वर्षिय दुई बालक छन् ।
- छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाई उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरेर लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनी लुकाई राखेको अवस्थामा बरामद गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया