घर घरमा स्वच्छ खानेपानी पुग्यो

राजविराज राजविराज
|
सोमबार, माघ १७, २०७८
|
|
१९ पटक हेरिएको
Shares
घर घरमा स्वच्छ खानेपानी पुग्यो

सारांश

  •     जिल्लाको कंचनरुप नगरपालिका जगतपुरका १ सय ७२ घरधुरीलाई लक्षित गरि २०७७ साल फागुन ६ गतेदेखी युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा पानीटैंक तथा पाइप जडान कार्य सुरु गरिएको थियो ।
  •       उक्त आयोजनामार्फत ३५ घनमिटर क्षमता भएको पानीटैकी निर्माण भएपछि पाइपलाईनबाट घर घरमा खानेपानी पुगेको हो ।
  •       आयोजनाका लागि युनिसेफले ६० लाख २३ हजार, कंचनरुप नगरपालिकाले १२ लाख ४ हजार र समुदायले ८ लाख ३० हजारको सहयोग गरेको साझेदारी संस्था अरुणोदय जगतपुर खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका टिम लिडर बेदप्रसाद रौनियारले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ । 

    समुदायका लागि सुरक्षित खानेपानी कार्यक्रम अन्तरगत युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा पानीटैकी निर्माण गरि घर घरमा स्वच्छ खोनपानी पु¥याउन सफल भएको छ । 
    जिल्लाको कंचनरुप नगरपालिका जगतपुरका १ सय ७२ घरधुरीलाई लक्षित गरि २०७७ साल फागुन ६ गतेदेखी युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा पानीटैंक तथा पाइप जडान कार्य सुरु गरिएको थियो । 
    उक्त आयोजनामार्फत ३५ घनमिटर क्षमता भएको पानीटैकी निर्माण भएपछि पाइपलाईनबाट घर घरमा खानेपानी पुगेको हो । 
    आयोजनाका लागि युनिसेफले ६० लाख २३ हजार, कंचनरुप नगरपालिकाले १२ लाख ४ हजार र समुदायले ८ लाख ३० हजारको सहयोग गरेको साझेदारी संस्था अरुणोदय जगतपुर खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका टिम लिडर बेदप्रसाद रौनियारले जानकारी दिए ।     
    उक्त खानेपानी आयोजनाले उक्त वडाका १ सय ७२ घर धुरीका १ हजार २७ हजार लाभान्वित भएको वडा अध्यक्ष रामनारायण प्रसाद साहले बताए । 
    युनिसेफका स्वच्छता संयोजक बोधनारायण श्रेष्ठ, रोशन गुप्ता, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका निमित्त प्रमुख अजयकुमार कर्ण, इन्जिनियर ललितानन्द झा, पत्रकार तथा प्राविधिकसहितको टोलीले उक्त आयोजनाको सोमबार अनुगमन समेत गरेको छ ।   
    सोही क्रममा युनिसेफले सो वडाका १ सय ७२ विपन्न परिवारलाई स्वच्छता सम्बन्धी सामाग्रिसमेत बितरण गरेको छ । हाल कोरोनाको बढ्दै जोखिमलाई ध्यानमा राख्दै बस्तीका बासिन्दालाई स्वच्छता सम्बन्धी सुरक्षा सामाग्रि मात्र होइन सरसफाई बारे आवश्यक तालिम समेत दिइएको छ । 
    कार्यक्रममा १ सय ७२ परिवारलाई बाल्टिन, टुथपेस्ट, ब्रस, काइयो, साबुन, रुमाल, सेनिटाइजर, नेलकटर लगायतका स्वच्छता सामाग्रि युनिसेफका स्वच्छता संयोजक श्रेष्ठद्वारा बितरण गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव
तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
प्रहरीद्वारा २१ किलो चरेस र ३३ लाख बढी मुल्यको कपडा नियन्त्रण 
प्रहरीद्वारा २१ किलो चरेस र ३३ लाख बढी मुल्यको कपडा नियन्त्रण 
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको निर्माण प्रक्रिया सुरु
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र