आतंक मचाउने साँढेलाई स्थानान्तरण गर्न माँग

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ४, २०७८
|
|
१२६ पटक हेरिएको
Shares
आतंक मचाउने साँढेलाई स्थानान्तरण गर्न माँग

सारांश

  •     स्थानीयले संयुक्त हस्ताक्षर गरेर वडाअध्यक्ष इब्राहिम मंसुरी मार्फत बुधवार प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् ।
  •       ज्ञापन पत्र मार्फत आतंक मचाउने साँढेलाई स्थानान्तरण गरिदिनु पर्ने माग गरिएको छ ।
  • उनले स्थानीयवासीको पीडालाई बुझी आफुले उक्त साँढेको उचित व्यवस्थापनका लागी पहल गर्ने आश्वासन दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    सप्तरीको विष्णुपुर गाउँपालिका १ मा साँढे आतंकबाट पीडित भएको भन्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । 
    स्थानीयले संयुक्त हस्ताक्षर गरेर वडाअध्यक्ष इब्राहिम मंसुरी मार्फत बुधवार प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् । 
    ज्ञापन पत्र मार्फत आतंक मचाउने साँढेलाई स्थानान्तरण गरिदिनु पर्ने माग गरिएको छ । उनले स्थानीयवासीको पीडालाई बुझी आफुले उक्त साँढेको उचित व्यवस्थापनका लागी पहल गर्ने आश्वासन दिएका थिए ।
    उनले तत्कालै पशु कार्यालय,प्रहरी,स्थानीय तहका प्रमुख र कोशी टप्पु बन्य जन्तु आरक्ष प्रशासनका प्रमुखसंग फोन सम्पर्क गरी उक्त साँढेलाई कसरी व्यवस्थापन गर्ने बारे छलफल गरेका छन् । 
    वडाअध्यक्ष मंसुरीले विगत केही दिन यता गाउँमा कृषिजन्य वस्तु, खाद्यान्य, नगदेबाली र फलफुल सखाप गरिदिने गरेको साँढेले हाल कतिपय सर्वसाधारणमाथी आक्रमण गर्दै घाईते समेत बनाउन थालेपछि बाली र वडावासीलाई जोगाउन प्रजिअसँग सहयोग माग्न आएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट  प्रतियोगिताको फाइनलमा कोइलाडी र सकरपुरा
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त 
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त 
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
रगतको चरम अभाव भएपछि रक्तदान
रगतको चरम अभाव भएपछि रक्तदान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
महासंघमा लगाइएको ताला खोलिए
महासंघमा लगाइएको ताला खोलिए
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
राष्ट्रिय एकता दिवस मनाइयो 
राष्ट्रिय एकता दिवस मनाइयो 
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित