दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. २ का नवनिर्वाचित क्षेत्रीय समितिका पदाधिकारीहरुको मंगलबार पदस्थापन गरिएको छ ।
दोस्रो पटक पुनः जिम्मेवारी पाएका नवनिर्वाचित क्षेत्रीय सभापति महानन्द प्रसाद यादवलाई केन्द्रीय सदस्य दिनेशकुमार यादवले प्रमाणपत्र विवरण गर्दै पदस्थापन गराए ।
केन्द्रीय सदस्य यादवले पार्टीभित्र भएको आन्तरिक चुनावलाई ‘लोकतन्त्रको अभ्यास’ को संज्ञा दिँदै यसमा कसैको हारजित नभई कांग्रेसको जित भएको बताए ।
यस्तै जिम्मेवारी ग्रहन गर्दै क्षेत्रीय सभापति यादवले अबको लक्ष्य स्थानीय तहको निर्वाचन रहेको बताए । कांग्रेस कार्यकर्ता एकजुट भएर लागेमा सप्तरीका १८ मध्ये दुई तिहाई स्थानीय तह कांग्रेसले नै जित्ने दाबी गरे ।
उपसभापति महेन्द्र यादव, श्याम यादव, सचिव मनोज माझी, विष्णुदेव यादव, सहसचिव दिपक चौधरी, पुनमकुमारी साह तथा अन्य सदस्यहरुलाई भने नवनिर्वाचित क्षेत्रीय सभापति यादवले पदस्थापन गराए ।
कार्यक्रममा कांग्रेसका पूराना नेता विरबल विराजी, नवनिर्वाचित जिल्ला सभापति रामदेव साह, क्षेत्र नम्वर १ का सभापति ललनप्रसाद गुप्ता, प्रदेश क का सभापति महेन्द्र यादव, प्रदेश ख का सभापति श्याम यादव, महाधिवेशन प्रतिनिधि रन्धिर कर्ण, युवा नेता किरण भगत, अमिर झा, फत्ते मोहम्मद, निर्वाचन समितिका प्रतिनिधि संतोश भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
सारांश
- दोस्रो पटक पुनः जिम्मेवारी पाएका नवनिर्वाचित क्षेत्रीय सभापति महानन्द प्रसाद यादवलाई केन्द्रीय सदस्य दिनेशकुमार यादवले प्रमाणपत्र विवरण गर्दै पदस्थापन गराए ।
- केन्द्रीय सदस्य यादवले पार्टीभित्र भएको आन्तरिक चुनावलाई ‘लोकतन्त्रको अभ्यास’ को संज्ञा दिँदै यसमा कसैको हारजित नभई कांग्रेसको जित भएको बताए ।
- यस्तै जिम्मेवारी ग्रहन गर्दै क्षेत्रीय सभापति यादवले अबको लक्ष्य स्थानीय तहको निर्वाचन रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया