सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 

राजविराज राजविराज
|
मंगलबार, चैत्र ८, २०७८
|
|
२० पटक हेरिएको
Shares
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 

सारांश

  •     नेपाली सेनाको नं.
  • २७ बाहिनी अडका बाहिनीपति सहायक रथी हेमराज केसीले उक्त सुविधा सम्पन्न कक्षा कोठा भवन र शैक्षिक सामाग्रि विद्यालय प्रशासनलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
  •     विद्यालयका प्रधानाध्यापक राजकिशोर साहलाई स्तरोन्नती गरिएका भवन र शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै प्रमुख अतिथि केसीले बालबिकास कक्षामा सहभागि हुने बालबालिकाको सुविधा र अहिलेको शिक्षा प्रणालीको आवश्यकतालाई ध्यानमा राखी उपलब्ध श्रोत साधन र दक्ष प्रबिधीको अधिक्तम प्रयोग गरि तयार पारिएको भवनले बालबालिकालाई ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियास्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई कोठे बालबिकास कक्षाकोठा भवन स्तरोन्नती गरि सेनाले मंगलबार हस्तान्तरण गरेको छ ।
    नेपाली सेनाको नं. २७ बाहिनी अडका बाहिनीपति सहायक रथी हेमराज केसीले उक्त सुविधा सम्पन्न कक्षा कोठा भवन र शैक्षिक सामाग्रि विद्यालय प्रशासनलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

    विद्यालयका प्रधानाध्यापक राजकिशोर साहलाई स्तरोन्नती गरिएका भवन र शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै प्रमुख अतिथि केसीले बालबिकास कक्षामा सहभागि हुने बालबालिकाको सुविधा र अहिलेको शिक्षा प्रणालीको आवश्यकतालाई ध्यानमा राखी उपलब्ध श्रोत साधन र दक्ष प्रबिधीको अधिक्तम प्रयोग गरि तयार पारिएको भवनले बालबालिकालाई ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष सत्यनारायण यादवले बालबालिकाका लागि सेनाले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । 
    नेपाली सेनाको आर्थिक तथा प्राविधीक सहयोगमा भिम दल गणद्वारा २० दिनको समयमा तयार गरिएको बालविकास कक्षाकोठा भवन स्तरोन्नतीसँगै म्याट्रेस, वाइड बोर्ड, स्टिल ¥याक, लो टेबल, कुर्सी, बेन्च, ह्वाइट बोर्ड लगायतका शैक्षिक सामाग्रिहरु समेत उपलब्ध गराइएको छ । 
    त्यस्तै प्लास्टर, रंगरोगन, फ्लस निर्माणका साथै बालबालिकाहरुको सहजताका लागि भित्ताहरुमा नेपाली र अंग्रेजी वर्णमालामा अंकहरुसहितको अन्य उपयोगि चित्रहरु आकर्षक ढंगले कोरिएको भने भवन अगाडी र पछाडी चार÷चार फिटको पेटी निर्माण गर्नुका साथै जमिनी सतहमा रहेको भवनको वेश हाइटलाई सुरक्षाको दृष्टिकोणले १८ इन्च अग्लो पारिएको छ । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, भिमदल गणका गणपति निरज भण्डारी, बरख गणका सहायक गणपति किशोर खड्का, संचारकर्मीलगायत विद्यार्थी, अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह