दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
“आब नै छोडवै स्कुल” मूल नाराका साथ बुधबार सप्तरीको तीन स्थानमा बालश्रम, बालशिक्षा सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ ।
सेभ द सप्तरीको आयोजना तथा विश्व शिक्षाको सहयोगमा आयोजित उक्त सडक नाटक जिल्लाको छिन्नमस्ताको कोचाशखारी, विष्णुपुर र राजगढको मलेकपुरमा सम्पन्न भएको हो ।
स्थानिय जनचेतना समूहका कलाकारहरुद्वारा प्रस्तुत सडक नाटकमा इटाभट्टा, होटल, ग्यारेज तथा विभिन्न कुलतमा फसिरहेका बालबालिकाप्रति लक्षित गर्दै अनिवार्य विद्यालय भर्ना गराउनु पर्ने अभिनयको माध्यमबाट उजागर गरिएको थियो ।
उक्त नाटकमा समूहका संयोजक जिवछ दास, डिपि शास्त्री, सुभाष बिरपुरिया, देवकरण दास, श्रीनारायण ठाकुर, हरेराम दास, रमिला साह, दशमी देवी र बालकलाकर सुष्मा कुमारीले अभिनय गरेका थिए ।
बाल शिक्षा सम्बन्धी सडक नाटक सम्पन्न
सारांश
- सेभ द सप्तरीको आयोजना तथा विश्व शिक्षाको सहयोगमा आयोजित उक्त सडक नाटक जिल्लाको छिन्नमस्ताको कोचाशखारी, विष्णुपुर र राजगढको मलेकपुरमा सम्पन्न भएको हो ।
- स्थानिय जनचेतना समूहका कलाकारहरुद्वारा प्रस्तुत सडक नाटकमा इटाभट्टा, होटल, ग्यारेज तथा विभिन्न कुलतमा फसिरहेका बालबालिकाप्रति लक्षित गर्दै अनिवार्य विद्यालय भर्ना गराउनु पर्ने अभिनयको माध्यमबाट उजागर गरिएको थियो ।
- उक्त नाटकमा समूहका संयोजक जिवछ दास, डिपि शास्त्री, सुभाष बिरपुरिया, देवकरण दास, श्रीनारायण ठाकुर, हरेराम दास, रमिला साह, दशमी देवी र बालकलाकर सुष्मा कुमारीले अभिनय गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया