दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सामाजिक संजालमार्फत आफु उम्मेदवार भएको भन्दै प्रचार गर्न थालेपछि जनता समाजवादी पार्टी सप्तरीले त्यस्ता नेता कार्यकर्तालाई सचेत गराएको छ ।
आगामी स्थानीय तह निर्वाचनका लागी उम्मेदवार चयन प्रक्रिया मै रहेका बेला केही आकाँक्षीहरुले सामाजिक संजालमा प्रचार गर्न थालेकोले सो क्रियाकलाप बन्द गर्न जसपा सप्तरीले सचेत गराएको हो ।
जनता समाजवादी पार्टी जिल्ला समन्वय समिती सप्तरीका अध्यक्ष केदार यादवले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्र्दै पार्टीको निर्णय विपरीत त्यस्तो क्रियाकलाप गर्नेहरुमाथी अनुशासनको कारवाही चलाईने चेतावनी समेत दिएका छन ।
विज्ञप्तीमा स्थानीय तह निर्वाचन निर्देशीका २०७९ अनुसार उम्मेदवार चयन प्रक्रिया जारी रहेकै बेला जिल्लामा केही ब्यक्तीले पार्टीको विधी, प्रक्रिया र निर्वाचन सम्बन्धिी कार्यवीधीलाई नै चुनौती दिने गरी आफु उम्मेदवार भएको भनी समाजिक संजाल मार्फत जनतामा भ्रम फैलाउने गरेको कार्य प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
उम्मेदवार चयन प्रक्रियालाई प्रभावित पार्ने र पार्टी निर्देशन विपरीत आफुलाई स्वघोषित उम्मेदवार भएको भनी प्रचार र भ्रम फैलाउनेलाई अनुशासनको कारवाही गरिने समेत विज्ञप्ती मार्पmत चेतावनी दिइएको छ ।
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
सारांश
- आगामी स्थानीय तह निर्वाचनका लागी उम्मेदवार चयन प्रक्रिया मै रहेका बेला केही आकाँक्षीहरुले सामाजिक संजालमा प्रचार गर्न थालेकोले सो क्रियाकलाप बन्द गर्न जसपा सप्तरीले सचेत गराएको हो ।
- जनता समाजवादी पार्टी जिल्ला समन्वय समिती सप्तरीका अध्यक्ष केदार यादवले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्र्दै पार्टीको निर्णय विपरीत त्यस्तो क्रियाकलाप गर्नेहरुमाथी अनुशासनको कारवाही चलाईने चेतावनी समेत दिएका छन ।
- विज्ञप्तीमा स्थानीय तह निर्वाचन निर्देशीका २०७९ अनुसार उम्मेदवार चयन प्रक्रिया जारी रहेकै बेला जिल्लामा केही ब्यक्तीले पार्टीको विधी, प्रक्रिया र निर्वाचन सम्बन्धिी कार्यवीधीलाई नै चुनौती दिने गरी आफु उम्मेदवार भएको भनी समाजिक संजाल मार्फत जनतामा भ्रम फैलाउने गरेको कार्य प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया