गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम

राजविराज राजविराज
|
आइतबार, चैत्र २७, २०७८
|
|
११६ पटक हेरिएको
Shares
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम

सारांश

  •     स्व.
  • नेता सिंहको ९३ औं जन्मजयन्तीका अवसरमा लोसपा नेपाल, गजेन्द्र नारायण सिह अध्ययन केन्द्र तथा नेपाल सद्भावना पार्टीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाएका हुन् ।
  • स्व.

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
    मधेश अधिकार लागी संगठित अभियानको नेतृत्व गरेका स्व. नेता गजेन्द्र नारायण सिंहको योगदान बारे आइतबार गृह जिल्ला सप्तरीमा उनको सम्झनामा विभिन्न कार्यक्रम गरि जन्मजयन्ती मनाईएको छ । 
    स्व. नेता सिंहको ९३ औं जन्मजयन्तीका अवसरमा लोसपा नेपाल, गजेन्द्र नारायण सिह अध्ययन केन्द्र तथा नेपाल सद्भावना पार्टीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाएका हुन् । स्व. नेता सिंहको जन्मजयन्तीको अवसरमा लोसपाका नेता विनोद यादवले लडडु समेत बाँडेका छन । 
    सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका घर भएका स्व. सिंह रामनवमी कै दिन जन्मिएका थिए । प्रत्येक वर्ष रामनवमीका दिन उनका अनुयायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरेका छन् । 
    नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रणेता समेत भनिने स्व.सिंहको जन्मजयन्तीको अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा सरसफाई गरिनुका साथै स्व.सिंहको सालिक समेत सिंगारिएको छ ।
    सो अवसरमा लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, लोसपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, विनोद यादव, विनोद सिंह, लोसपाका नेता एवं जिल्ला समन्वय सप्तरीका प्रमुख प्रभाकर यादव, महिला नेतृ पुनम यादव लगायतले शालिकमा माल्यापर्ण गर्दै स्व.ंिसंहको योगदान बारेमा चर्चा गरेका थिए । 
    सोही क्रममा उक्त स्थानमा पुगेका नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतो, महामन्त्री नागेन्द्र प्रसाद सिंह, केन्द्रीय सदस्य दशरथ यादव, सिरहाका जिल्ला अध्यक्ष जिवछ यादव लगायतले पनि स्व.सिंहको शालिकमा माल्यार्पण गरेका थिए । 
    जन्मजयन्तीकै अवसर पारेर गजेन्द्र नारायण ंिसंह अध्ययन केन्द्र सप्तरीले पनि स्मरण दिवसको आयोजना गरेको छ । जिल्ला समन्वय समिती सप्तरीको परिसरमा रहेको केन्द्र भवनमा अध्ययन केन्द्रका प्रमुख समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले स्व.सिंहले मधेशको राजनीतिमा पु¥याएको योगदान भावी पुस्ताका लागी अनुकरणीय रहेको बताएका थिए । 
    गजेन्द्र नारायण सिंहले २०४७ सालमा सदभावना परिषद हुदै नेपाल सदभावना पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुईलाख मुल्य बराबरको पटका नष्ट
दुईलाख मुल्य बराबरको पटका नष्ट
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु
जसपा नेपालका नेता दिपक यादवको निधन
जसपा नेपालका नेता दिपक यादवको निधन
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान