पुर्नयोगको नतिजामा काँग्रेस सप्तरीको उपसभापतिमा यादव निर्वाचित

राजविराज राजविराज
|
बिहिबार, बैशाख १, २०७९
|
|
२० पटक हेरिएको
Shares
पुर्नयोगको नतिजामा काँग्रेस सप्तरीको उपसभापतिमा यादव निर्वाचित

सारांश

  •     संस्थापन पक्षका मण्डलसंग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.
  • शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए ।
  •     यादवको उजुरी पछि छानवीन शुरु गरेका केन्द्रीय निर्वाचन समितीले मतगणनामा प्रयोग गरिएका रजिष्टर र मतगणना सिट जाँच गर्दा मण्डलको १ हजार ५२ र यादवको १ हजार ५३ मत देखीएको भन्दै यादव १ मतले विजयी भएको ठहर गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० चैत । 
    नेपाली काँग्रस सप्तरीको निर्वाचनमा उपसभापती पद जितेका राम प्रसाद मंडललाई केन्द्रिय निर्वाचन समितिले प्रतिद्वन्दी बनाएको छ । 
    संस्थापन पक्षका मण्डलसंग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए ।
    यादवको उजुरी पछि छानवीन शुरु गरेका केन्द्रीय निर्वाचन समितीले मतगणनामा प्रयोग गरिएका रजिष्टर र मतगणना सिट जाँच गर्दा मण्डलको १ हजार ५२ र यादवको १ हजार ५३ मत देखीएको भन्दै यादव १ मतले विजयी भएको ठहर गरेको छ । 
    यादवलाई मंगलवार केन्द्रीय निर्वाचन समितीका सचिव केशव रिजालले निर्वाचित भएको प्रमाण पत्र उपलब्ध गराउदै यस अघि जिल्ला निर्वाचन कार्यालयको तर्फबाट मण्डललाई दिएको निर्वाचित भएको प्रमाण पत्र बदर भएको जानकारी सहितको पत्र समेत जिल्ला कार्य समितीलाई पठाएको छ । 
    जिल्ला निर्वाचन अधिकृत डा.रुद्र शर्माले मण्डललाई उपसभापती पदमा निर्वाचित भएको प्रमाण पत्र दिएका थिए । 
    केन्द्रिीय निर्वाचन समितीले मण्डललाई १ मतले पराजित भएको घोषणा संगै पत्राचार गरेपछि उनी पदमुक्त हुने अवस्थामा पुगेका छन् । उपसभापतीमा निर्वाचितको प्रमाण पत्र लिएर बुधवार काठमाण्डौंबाट गृह जिल्ला सप्तरी आईपुगेका यादवले आफु माथी केन्द्रीय निर्वाचन समीतीले न्याय गरेको बताए । 
    उनले जिल्ला निर्वाचन समितीले गरेको त्रुटी सच्याएर केन्द्रीय निर्वाचन समीतले आफुलाई न्याय गरेको बताए । यता ६ मतले जितेर निर्वाचीत भएको प्रमाण. पत्र समेत लिएर कार्यभार सम्हालेको महिना दिन नपुग्दै १ मतले पराजित भएको भनी केन्द्रीय निर्वाचन समितीको सचिवले गरेको निर्णयले आपृmलाई चकित र दुखी तुल्याएको मण्डलको भनाई छ । उनले मतगणना पछि जिल्लामै सुरक्षित राखिएको मतपत्रको पुनःजाँच गर्न चुनौती समेत दिएका छन् । 
    उनले निर्वाचन समिती भन्दा पार्टीको केन्द्रीय समिती माथी रहेकाले पार्टीले दिने निर्देशनको आफुले पालना गर्ने प्रतिबद्धता समेत जनाए । संस्थापन इतर पक्षका निर्वाचित सभापती रामदेव साहले माथिल्लो निकायले गरेको निर्णय सबैले मान्नु पर्ने तर्क गर्छन । 
    यद्धपी उनले पार्टी केन्द्रीय समितीले यस विषयमा दिने निर्देशनको आफु पालना गरेर अघि बढ्ने बताउँछन । अर्काे तिर संस्थापन पक्षका नेताहरु भने पछिल्लो पटक केन्द्रिीय निर्वाचन समितीले पठाएको निर्णय कुनै पनि हालतमा स्विकार्य नभएको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरबाट दराज र बाकसै उठाएर चोरी
घरबाट दराज र बाकसै उठाएर चोरी
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
सप्तरीबाट प्रदेश स्तरिय पर्यटन क्षेत्र र  व्यवसायको विकासका लागि अभियान सुरु
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र  साहबीच प्रतिष्पर्धा
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र  साहबीच प्रतिष्पर्धा
सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला 
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो