महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार

राजविराज राजविराज
|
बिहिबार, जेठ १९, २०७९
|
|
२४ पटक हेरिएको
Shares
महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार

सारांश

  •     उक्त गाउँपालिकाको वडा नं.
  • ४ का अध्यक्ष लक्ष्मी नारायण झा माथी वडा नं.
  • २ की महिला सदस्य उर्मिला देवी साहले बिहीबार चप्पल प्रहार गर्नुका साथै गाली गलौज गरेकी हुन् ।

दैनिक समाचारदाता
राजविराज, १९ जेठ । 
    सप्तरीको बलान बिहुल गाउँपालिकाका नवनिर्वाचित वडा अध्यक्षमाथी एक महिला वडा सदस्यले चप्पल प्रहार गर्नुका साथै गाली गलौज गरेकी छिन् । 
    उक्त गाउँपालिकाको वडा नं. ४ का अध्यक्ष लक्ष्मी नारायण झा माथी वडा नं. २ की महिला सदस्य उर्मिला देवी साहले बिहीबार चप्पल प्रहार गर्नुका साथै गाली गलौज गरेकी हुन् । 
    घटनापश्चात् महिला वडा सदस्य साहलाई इलाका प्रहरी कार्यालय कडोरबोनाले नियन्त्रणमा लिएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले दुबै जनप्रतिनिधिबीच विवाद भई स्थिति तनावपूर्ण बन्दै गएपछि अनुसन्धानका लागि महिला वडा सदस्य साहलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ भइरहेको जानकारी दिएका छन् । 
    यता महिला वडा सदस्य साहलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही गाउँपालिका वडा नं. ५ का अध्यक्ष बिन्देश्वर यादव र वडा नं. ६ का अध्यक्ष सूर्यकुमार दासको उक्साहटमा आफूले वडा नं. ४ का अध्यक्ष झामाथी चप्पल प्रहार गरेको प्रहरीलाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द यादवले राजविराज दैनिकलाई जानकारी दिएका छन् । 
    सोही बयानका आधारमा वडा नं. ६ का अध्यक्ष दासलाई समेत प्रहरीले नियन्त्रणमा लिएको तथा वडा नं. ५ का अध्यक्ष यादव फरार रहेको गाउँपालिका अध्यक्ष खेमचन्दको भनाई छ । 
    वडा अध्यक्ष झा काँग्रेसबाट निर्वाचित भएका हुन् भने चप्पल हिर्काउने भनिएकी महिला एमालेबाट वडा २ को सदस्य पदमा निर्वाचित भएकी हुन् । यस्तै वडा नं. ५ का अध्यक्ष यादव जसपा तथा वडा नं. ६ का अध्यक्ष एमालेबाट निर्वाचित जनप्रतिनिधी हुन् । 
    स्थानिय बासिन्दाका अनुसार सो घटना गाउँपालिकाको सदस्य मनोनित गर्ने विषयमा भएको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
बालक मृत्यु प्रकरणमा गजेन्द्र नारायण सिंह अस्पतालका एक नर्स कारवाहीमा
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी