दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा रहेको बताएका छन् । बाढीको बारेमा कोशी तटीय क्षेत्र आपसापका बासिन्दामा त्रासको वातावरण रहेपनि पानीको सतह घट्दै गएका कारण आतिहाल्नु पर्ने अवस्था नरहेको उनको भनाई छ ।
बिहीबार संचारकर्मीसँगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, “बुधबारको तुलनामा बिहीबार कोशीको पानी घट्दै गएको छ, आतिने अवस्था छैन् ।” उनले हालसम्म कोशीमा पानीको सतह बढ्दा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १३ गोबरगाढामा एक सामुदायिक भवन र एक विद्यालयमा कटान गर्ने बाहेक जिल्लामा अन्य कतै कुनै प्रकारको क्षति नभएको बताएका छन् ।
उदयपुरको बेलका नगरपालिकामा अघिल्लो दिन अस्थायी बाँध कटान गरेर कोशीको पानी पसेपछि सम्भावित जोखिमलाई मधयनजर गरि जोखिम क्षेत्र मानिएको सप्तरीको कंचनरुप, सप्तकोशी र हनुमाननगर कंकालिन नगरपालिकाको विभिन्न वडाको स्थलगत अनुगमन गरेर आफूहरु फर्केको जानकारी दिँदै प्रजिअ गौतमले गोबरगाढाका बासिन्दाहरु पनि सबै सुरक्षित अवस्थामा रहेको बताए छ ।
छिमेकी जिल्ला उदयपुरमा आएको बाढीलाई लक्षित गरि सप्तरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिने उपाय अवलम्बनका लागि उनले आग्रह पनि गरे । सुरक्षित स्थानमा बस्न तथा सप्तकोशीमा माछा मार्न, दाउरा संकलन गर्न र नुहाउन लगायतका काम हाल नगर्न प्रशासनले आग्रह गरेको हो ।
छिमेकी जिल्ला उदयपुरमा कोशीको बाढीले अस्थायी बाँध भत्काएपछि सप्तरीमा पर्नसक्ने असर र सम्भावित जोखिमपूर्ण क्षेत्रमा नियन्त्रण र व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा बाढीको अवस्था नियन्त्रणमा ः प्रजिअ गौतम
सारांश
- बिहीबार संचारकर्मीसँगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् ।
- उनले भने, “बुधबारको तुलनामा बिहीबार कोशीको पानी घट्दै गएको छ, आतिने अवस्था छैन् ।
- ” उनले हालसम्म कोशीमा पानीको सतह बढ्दा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया