दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
युवा तथा किशोरकिशोरी मैत्री स्थानीय शासन सम्बन्धी सम्पन्न तीन दिने तालिमबाट सात बुँदे घोषणापत्र जारि गरिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका मेयर ललन प्रसाद गुप्तालाई तालिममा सहभागिहरुबीच छलफल पश्चात् तयार पारिएको ७ बुँदे घोषणापत्र बुझाउदै तालिम सम्पन्न भएको हो ।
तालिममा युवाहरूले युवा तथा किशोरकिशोरी मैत्री स्थानीय शासन प्रबद्र्धधन कसरी गर्ने भन्ने बारेमा सिकेका थिए । तालिमका लागि प्रत्येक प्रदेशबाट एउटा स्थानीय तह छनोट गर्ने कार्यक्रम बमोजिम मधेश प्रदेशबाट कञ्चनरूप नगरपालिका छनोट भएको हो ।
कञ्चनरूप नगरपालिकामा आयोजना भएको उक्त तालिमको उद्घाटन र समापन कार्यक्रममा नगरपालिकाका मेयर ललनप्रसाद गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकान्त, कार्यपालिका सदस्य, वडा अध्यक्ष, विषयगत समिति, सवालगत संरचना, अपाङ्ग, किशोरी, युवा उद्यमी, कृषक, निजी क्षेत्र, नागरिक संघ संस्था, बाल क्लबका पूर्व सदस्य, सञ्चारकर्मी युवा, अधिकारकर्मी लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरूले कञ्चनरूप नगरपालिकालाई युवामैत्री स्थानीय तहका रुपमा अवलम्बन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गर्दै सबै सहभागीहरूले आआफ्नो व्यक्तिगत र संस्थागत रुपमा योगदान पुर्याउँदै युवामैत्री कञ्चनरूप नगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गर्दै घोषणापत्रमा उल्लेख बुँदाहरू कार्यन्वयनका लागी सबै क्षेत्रका सरोकारवालाबाट सहयोगको लागी अपेक्षा गरिएको छ ।
देशका ७ सय ५३ वटै स्थानीय तहहरुमा युवामैत्री स्थानीय शासनलाई अवलम्बन, कार्यान्वयन र घोषणाले नीति, निर्माण र कार्यान्वयनमा युवाहरूको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास, विशेष वर्ग, यौनीक तथा लैङ्गिक अल्पसङख्यक तथा अन्य सिमान्तकृत समुदायका युवाहरुका सवालहरुको प्राथमिकता लगायतका युवासँग सम्बन्धित साझा सवालहरुको युवाहरु कै नेतृत्वको साथ सम्वोधन गर्न सहयोग पुग्दछ ।
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
सारांश
- सप्तरीको कञ्चनरूप नगरपालिका मेयर ललन प्रसाद गुप्तालाई तालिममा सहभागिहरुबीच छलफल पश्चात् तयार पारिएको ७ बुँदे घोषणापत्र बुझाउदै तालिम सम्पन्न भएको हो ।
- तालिममा युवाहरूले युवा तथा किशोरकिशोरी मैत्री स्थानीय शासन प्रबद्र्धधन कसरी गर्ने भन्ने बारेमा सिकेका थिए ।
- तालिमका लागि प्रत्येक प्रदेशबाट एउटा स्थानीय तह छनोट गर्ने कार्यक्रम बमोजिम मधेश प्रदेशबाट कञ्चनरूप नगरपालिका छनोट भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया