राजविराज÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले काँग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै गएको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस सप्तरीद्धारा आयोजित ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।
उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले यसको पुष्टि गरेको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर ठुलो सफलता मिल्ने संकेतहरु पनि देखिन थालेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा प्रजातन्त्र ल्याउनेदेखि संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाको लागि फेरि जनताले काँगे्रसमाथिनै आशा र भरोसा गरेको बताउँदै जनताले पार्टीप्रति देखाएको उत्साहलाई कायम राख्न नेता÷कार्यकर्ता गाउँ गाउँमा पुगेर जनताको मन जित्ने र संगठन निर्माणमा लाग्ने बेला आएको उल्लेख गरे ।
गठबन्धन दलभित्र सिट बाँडफाँडको विषयमा कुराकानी चलिरहेको बताउँदै उनले गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरे ।
जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रमलाई काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादव, संघीय सांसद तेजुलाल चौधरी लगायतले पनि सम्बोधन गर्दै आगामी चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै एक ढिक्का भई जनतामा जानुपर्नेमा जोड दिए ।
काँग्रेसप्रति जनताको आकर्षण र जनलहर बढ्दै छ ः नेता ढुङ्गाना
सारांश
- कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा प्रजातन्त्र ल्याउनेदेखि संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाको लागि फेरि जनताले काँगे्रसमाथिनै आशा र भरोसा गरेको बताउँदै जनताले पार्टीप्रति देखाएको उत्साहलाई कायम राख्न नेता÷कार्यकर्ता गाउँ गाउँमा पुगेर जनताको मन जित्ने र संगठन निर्माणमा लाग्ने बेला आएको उल्लेख गरे ।
- गठबन्धन दलभित्र सिट बाँडफाँडको विषयमा कुराकानी चलिरहेको बताउँदै उनले गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरे ।
- जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रमलाई काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादव, संघीय सांसद तेजुलाल चौधरी लगायतले पनि सम्बोधन गर्दै आगामी चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउन सबै एक ढिक्का भई जनतामा जानुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया