खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो

राजविराज राजविराज
|
आइतबार, आश्विन २, २०७९
|
|
२२ पटक हेरिएको
Shares
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो

सारांश

  •     नेपाल सरकारको १० करोडको लागतमा ठेकेदार कम्पनिद्वारा निर्माण भएको उक्त पुल ढलाई गरिएको भाग उपकिन थालेपछि रड समेत देखिन थालेको छ ।
  •       रडसमेत देखिने थालिएपछि निर्माण गरिएको पुलमा गुणस्तरहिन सामग्री प्रयोग गरि स्थानियहरुले आरोप लगाएका छन् ।
  • पुलको निर्माणपछि ठाउँ ठाउँमा कम मात्रामा सिमेन्टको घोल हालेको प्रत्यक्ष रुपमा देखिन्छ ।

दैनिक समाचारदाता
राजविराज, २ असोज ।

    सप्तरीको हुलाकी राजमार्ग अन्तर्गत राजविराज–कञ्चनपुर सडक खण्डमा पर्ने खाँडो नदीको पुल संचालन भएको केही वर्ष नबित्दै उपकिन शुरु भएको छ । 
    नेपाल सरकारको १० करोडको लागतमा ठेकेदार कम्पनिद्वारा निर्माण भएको उक्त पुल ढलाई गरिएको भाग उपकिन थालेपछि रड समेत देखिन थालेको छ । 
    रडसमेत देखिने थालिएपछि निर्माण गरिएको पुलमा गुणस्तरहिन सामग्री प्रयोग गरि स्थानियहरुले आरोप लगाएका छन् । पुलको निर्माणपछि ठाउँ ठाउँमा कम मात्रामा सिमेन्टको घोल हालेको प्रत्यक्ष रुपमा देखिन्छ । 
    यस्तै हुलाकी राजमार्ग अन्तर्गत महादेवा गाउँपालिका १ स्थित बोकरो नदीको पुल र अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ वनौली नजिकै हुलाकी सडकको पुलको ¥याम्प र नदिमा रहेको अधुरो पुल बर्षौ वर्षदेखि ठेकेदार कम्पनिले निर्माण नगर्दा सो बाटो भएर आवतजावत गर्ने सवारी साधन तथा पैदलयात्रीलाई सास्ती व्यहोर्नु परिरहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?