दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
राजविराजस्थित माँ बैष्णवी काली मन्दिर सेवा समिति सर्वसम्मतले चयन भएको छ । समितिको अध्यक्ष पदमा अशोक कुमार कर्ण सर्वसम्वतले चयन भएका छन् ।
मन्दिर समितिको बुधबार सम्पन्न पाँचौं साधारणसभाले कर्णको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा अनिलकुमार पेडिवाल, महासचिव राधेश्याम रमण, सचिव राजिव कुमार कर्ण र कोषाध्यक्षमा सतिशचन्द्र झा रहेका छन् । यस्तै सदस्यहरुमा सुदर्शन सिंह, सम्पत कोइराला, सुरेखा दास, सोनी विश्वास, विश्वनाथ दास र रन्जित चैधरी चयन भएका छन् ।
तीन वर्षे कार्यकाल रहेको समितिमा १ सय ७२ जना सदस्य रहेका छन् । साधारणसभामा वडा अध्यक्ष अनिल दास, निर्वतमान वडा अध्यक्ष सुदर्शन सिंह, समाजसेवी दुर्गानन्द चौधरी, पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज माझी, फोटो पत्रकार महासंघका प्रदशे सहसचिव परिष कर्ण, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले शुभकामना दिएका थिए ।
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
सारांश
- मन्दिर समितिको बुधबार सम्पन्न पाँचौं साधारणसभाले कर्णको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
- नवगठित समितिको उपाध्यक्षमा अनिलकुमार पेडिवाल, महासचिव राधेश्याम रमण, सचिव राजिव कुमार कर्ण र कोषाध्यक्षमा सतिशचन्द्र झा रहेका छन् ।
- यस्तै सदस्यहरुमा सुदर्शन सिंह, सम्पत कोइराला, सुरेखा दास, सोनी विश्वास, विश्वनाथ दास र रन्जित चैधरी चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया