जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
२६ पटक हेरिएको
Shares
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन

सारांश

  •     राजविराजस्थित नेता चौकमा भेला भएका स्थानीय युवाहरुले सिरहा रोडको नेता चौकदेखि राममन्दिर सम्मको सडक जिर्णोद्वारको माग गर्दै सडक अवरुद्ध गरी प्रर्दशन गरेका हुन ।
  •       स्थानीय प्रशासनले उक्त सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्शनका प्रतिनीधीलाई झिकाई अविलम्ब काम सुचारु गराउने प्रतिबद्धता जनाएपछी २ घण्टा पश्चात् चक्काजाम स्थगित गरिएको थियो ।
  •     नगरको मुख्य बजार क्षेत्रमा रहेको उक्त सडक वर्षौदेखि जीर्ण रहेको र यस तर्फ पटक÷पटक नगरका जनप्रतिनीधी, सम्बन्धित निर्माण कम्पनी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएकाले बाध्यभई चक्काजाममा उत्रिनु परेको स्थानीय युवाहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।

    लामो समय देखि जिर्ण अवस्थामा रहेको सडकको जिर्णोद्वार गर्न माग गर्दै पुनः मंगलवार राजविराजमा युवाहरुले सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका छन् । 
    राजविराजस्थित नेता चौकमा भेला भएका स्थानीय युवाहरुले सिरहा रोडको नेता चौकदेखि राममन्दिर सम्मको सडक जिर्णोद्वारको माग गर्दै सडक अवरुद्ध गरी प्रर्दशन गरेका हुन । 
    स्थानीय प्रशासनले उक्त सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्शनका प्रतिनीधीलाई झिकाई अविलम्ब काम सुचारु गराउने प्रतिबद्धता जनाएपछी २ घण्टा पश्चात् चक्काजाम स्थगित गरिएको थियो ।
    नगरको मुख्य बजार क्षेत्रमा रहेको उक्त सडक वर्षौदेखि जीर्ण रहेको र यस तर्फ पटक÷पटक नगरका जनप्रतिनीधी, सम्बन्धित निर्माण कम्पनी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएकाले बाध्यभई चक्काजाममा उत्रिनु परेको स्थानीय युवाहरुले बताएका छन् । 
    यस अघि गत भदौ २५ गते पनि युवाहरुले सो सडक खण्डको मरमत सम्भारको माग गर्दै ३ घण्टा चक्काजाम गरेका थिए । प्रर्दशनकारीहरुले यस पल्ट पनि आश्वासन पुरा नभए अनिश्चितकालिन चक्काजाम गर्ने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?