सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता

राजविराज राजविराज
|
सोमबार, मंसिर ५, २०७९
|
|
२९ पटक हेरिएको
Shares
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता

सारांश

  •     पछिल्लो मतपरिणाम अनुसार उनी जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवभन्दा दोब्बर भन्दा बढी मतले अगाडी देखिएका हुन् ।
  • मतगणनामा डा.
  • राउतले ११ हजार १ सय ४७ मत प्राप्त गरेका छन् भने उनलाई पच्छ्याउँदै गरेका उपेन्द्रले ५ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।

    नेपालमै निकै चासोका साथ हेरिएको सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग दोब्बर भन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन् । 
    पछिल्लो मतपरिणाम अनुसार उनी जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवभन्दा दोब्बर भन्दा बढी मतले अगाडी देखिएका हुन् । मतगणनामा डा. राउतले ११ हजार १ सय ४७ मत प्राप्त गरेका छन् भने उनलाई पच्छ्याउँदै गरेका उपेन्द्रले ५ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् । 
    मतगणनाका क्रममा तेश्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले २ हजार २३ मत प्राप्त गरेका छन् । करिब  ३० हजार मत गन्न बाँकी रहेको र अन्तिम परिणाम मंगलबार साँझसम्म मात्र आउने अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिएका छन् । 
    यस क्षेत्रमा ९५ हजार ३ सय ९४ मतदाता छन् । जसमध्ये ६४ हजार ५ सय ६० जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
    यस क्षेत्रमा २०७४ मा जितेका उपेन्द्र जित दोह्र्‍याउने आशमा रहेको जसपाका कार्यकर्ताहरु बताउँछन् । यद्दपी हालसम्म यस क्षेत्रमा सांसद दोहोरिएको इतिहास छैन् । प्रारम्भिक रुझानले पनि त्यस्तै संकेत गरिसकेको राजनीतिक विश्लेषकहरु बताउँछन् । 
    यसै क्षेत्रको प्रदेशसभा २ को १ मा जनमत पार्टीकै सतिश सिंह १० हजार ८ सय ३२ मत प्राप्त गरि अग्रस्थानमा छन् । उनलाई पच्छ्याइरहेका जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन् । अहिले तेश्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका सरोजकुमार मण्डलले ४ हजार १ सय ७१ मत प्राप्त गरेका छन् । 
    यस्तै प्रदेशसभा २ को २ मा पनि जनमत पार्टीकै महेश प्रसाद यादव ९ हजार २० मत प्राप्त गरि अग्रस्थानमा छन् । यहाँ सत्तारुढ गठबन्धनका साँझा उम्मेदवार माओवादी केन्द्रका उमेश कुमार यादव ४ हजार ७ सय ८६ मत प्राप्त गरि उनलाई पच्छ्याइरहेका छन् । यस्तै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार लक्षमण यादवले १ हजार ३ हजार ९ सय ७४ मत ल्याएका छन् ।
    जिल्लाकै प्रतिनिधिसभा क्षेत्र नं. १ मा एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह २ हजार २ सय ५२ मत प्राप्त गरि अग्रता लिएका छन् भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका रामदेव साह २ हजार १ सय १४ मत ल्याई उनलाई पच्छ्याइरहेका छन् । 
    प्रतिनिधिसभा क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका दिनेश कुमार यादव ५ सय १९ मत ल्याई अग्रता लिएका छन् भने ३ सय ७ मत ल्याई   जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार ताराकान्त चौधरी उनलाई पच्छ्याइरहेका छन् । 
    यस्तै प्रतिनिधिसभा क्षेत्र नं. ४ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका तेजुलाल चौधरी १ सय २३ मत ल्याई अग्रता लिएका छन् भने जनमत पार्टीका उम्मेदवार सुकदेव प्रसाद साह १ सय २ मत ल्याई उनलाई पच्छ्याइरहेका छन् । 
    यता जिल्लाको चार वटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच मतगणना कार्य भइरहेको छ । मतगणनास्थललाई तारजालीले घेरवार गरि उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र संचारकर्मीलाई प्रवेश गर्न दिइएको छ भने सीसी क्यामरा तथा ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा ब्यवस्था कडा पारिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
एक बालकसहित दुईको मृत्यु 
एक बालकसहित दुईको मृत्यु 
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता १ बालविवाह मुक्त वडा घोषणा
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस 
रक्तदान गरि जनज्योतीले मनायो स्थापना दिवस 
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
बटसाबित्री पर्व मनाइए
बटसाबित्री पर्व मनाइए

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह