दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
प्रतिनीधसभा क्षेत्र नं.४ मा नेपाली काँग्रेसका नेता ६५ वर्षिय तेजुलाल चौधरी जीतको ह्याट्रिक लगाउने पहिलो नेता बनेका हुन् ।
जिल्लामा कुनै पनि संसदीय निर्वाचनामा तीन पटक जीत निकालेको इतिहास छैन । तर यस पल्ट लगातार तेश्रो जीत निकालेर चौधरीले इतिहास रचेका छन् ।
तेश्रो संसदिय यात्रामा उनले यस पटक जसपाका बालकिशोर यादवलाई ५ हजार ५ सय १४ मतान्तरले पराजित गरे । चौधरीले २३ हजार ४ सय ९१ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी रहेका यादवले १७ हजार ९ सय ७७ मत ल्याए ।
पहिलो पटक चौधरी २०७० सालको संसदिय निर्वाचनमा विजयी भएका थिए । दोश्रो पटक २०७४ सालको निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट भारी मतले विजयी भएका थिए । उनले सत्तारुढ गठबन्धनलाई टुटाउन विभिन्न खाले षडयन्त्र भइरहेको बताउँदै भने “गठबन्धन कुनै हालतमा टुटदैन र तोडन पनि हुदैन ।”
उनले अब बन्ने सरकारले लोकतन्त्रको हित, विधीको शासन, संविधानको रक्षा र विकासलाई उच्च प्राथमिक्तामा राखेर अघि बढ्ने विश्वास समेत ब्यक्त गरेका छन् ।
ह्याट्रिक लगाउने पहिलो नेता बने “तेजुलाल”
सारांश
- जिल्लामा कुनै पनि संसदीय निर्वाचनामा तीन पटक जीत निकालेको इतिहास छैन ।
- तर यस पल्ट लगातार तेश्रो जीत निकालेर चौधरीले इतिहास रचेका छन् ।
- तेश्रो संसदिय यात्रामा उनले यस पटक जसपाका बालकिशोर यादवलाई ५ हजार ५ सय १४ मतान्तरले पराजित गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया