दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीमा जनमत पार्टी प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा समानुपातिकतर्फ पहिलो ठुलो दल बनेको छ । मधेश प्रदेशमा नयाँ शक्तिको रुपमा उदाएको जनमतले दुबै सभामा ८५ हजार भन्दा बढी मत पाएको छ ।
बुधवार घोषित अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीले जिल्लाको ४ वटै प्रतिनिधीसभामा ८५ हजार ५ सय ९२ मत तथा ८ वटै प्रदेशसभातर्फ ८६ हजार ७ सय ७ मत प्राप्त गरि समानुपातिकतर्फको पहिलो ठुलो दल बनेको हो ।
यस्तै प्रतिनिधिसभातर्फ ४८ हजार ३ सय ५० मत प्राप्त गरी जसपा दोश्रो तथा ४१ हजार १ सय ८७ मत प्राप्त गरी नेपाली काँग्रेस तेश्रो दल भएको छ भने नेकपा एमाले २८ हजार २ सय १८ मत ल्याई चौथो स्थानमा रहेका छन् ।
जनमत पार्टीले प्रतिनीधीसभा समानुपातिकतर्फ सब भन्दा बढी क्षेत्र नं. २ बाट मत प्राप्त गरेको छ । पार्टी अध्यक्ष समेत रहेका जनमतका उम्मेदवार डा.सिके राउतले जित निकालेको यस क्षेत्रबाट सो पार्टीले समानुपातिक तर्फ २९ हजार ८ सय २ मत ल्याएका छन् ।
यस्तै प्रदेशसभातर्फ पनि समानुपातिकमा ८६ हजार ७ सय ७ मत ल्याई जनमत पार्टी पहिलो ठुलो दल बनेको छ । प्रदेशसभा समानुपातिकतर्फ जसपाले ४८ हजार २ सय ५ तथा नेपाली काँग्रेसले ३८ हजार ६ सय ६४ मत प्राप्त गरि क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेको छ । यस्तै २५ हजार १ सय ८७ मत ल्याई एमाले चौथो स्थानमा रहेको छ ।
सप्तरीमा कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेकोमा २ लाख ७९ हजार १ सय २१ मत खसेको थियो । जस मध्ये १७ हजार २२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
सारांश
- बुधवार घोषित अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीले जिल्लाको ४ वटै प्रतिनिधीसभामा ८५ हजार ५ सय ९२ मत तथा ८ वटै प्रदेशसभातर्फ ८६ हजार ७ सय ७ मत प्राप्त गरि समानुपातिकतर्फको पहिलो ठुलो दल बनेको हो ।
- यस्तै प्रतिनिधिसभातर्फ ४८ हजार ३ सय ५० मत प्राप्त गरी जसपा दोश्रो तथा ४१ हजार १ सय ८७ मत प्राप्त गरी नेपाली काँग्रेस तेश्रो दल भएको छ भने नेकपा एमाले २८ हजार २ सय १८ मत ल्याई चौथो स्थानमा रहेका छन् ।
- जनमत पार्टीले प्रतिनीधीसभा समानुपातिकतर्फ सब भन्दा बढी क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया