सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल

राजविराज राजविराज
|
बिहिबार, पौष १४, २०७९
|
|
२७ पटक हेरिएको
Shares
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल

सारांश

  •     विहीवार राजविराजमा संचारकर्मीहरुसित कुरा गर्दै उनले बर्तमान सरकालाई सर्मथन दिएपनि सहभागिताबारे अहिले कुनै निर्णय नभएको बताए ।
  • उनले भने, आगामी पुष १८ र १९ गते काठमाडांैमा वस्ने पार्टीको राजनीति समितीको बैठकबाट मात्र सो बारे अन्तिम निर्णय लिइने जानकारी दिए ।
  •       वर्तमान मन्त्रीमण्डलमा शक्ती सन्तुलनको आधारमा जसपाले सम्मानजक स्थान पाउनु पर्नेमा जोड दिएका उनले सरकारको नेतृत्व पंक्तीले सर्मथन गरेका दलहरुको एजेन्डा समेटेर साझा अवधारणा पत्र ल्याउनु पर्ने र जसपाले उठाउँदै आएको माग र मुदा त्यसमा प्राथमिक्ताका साथ समेटिनु पर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस । 

    जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीति समिती सदस्य अमरनाथ मण्डलले वर्तमान सरकारमा सामेल हुने÷नहुनेबारे अन्तिम टुंगो आगामी बैठकबाट मात्र लगाइने बताएका छन् । 
    विहीवार राजविराजमा संचारकर्मीहरुसित कुरा गर्दै उनले बर्तमान सरकालाई सर्मथन दिएपनि सहभागिताबारे अहिले कुनै निर्णय नभएको बताए । उनले भने, आगामी पुष १८ र १९ गते काठमाडांैमा वस्ने पार्टीको राजनीति समितीको बैठकबाट मात्र सो बारे अन्तिम निर्णय लिइने जानकारी दिए । 
    वर्तमान मन्त्रीमण्डलमा शक्ती सन्तुलनको आधारमा जसपाले सम्मानजक स्थान पाउनु पर्नेमा जोड दिएका उनले सरकारको नेतृत्व पंक्तीले सर्मथन गरेका दलहरुको एजेन्डा समेटेर साझा अवधारणा पत्र ल्याउनु पर्ने र जसपाले उठाउँदै आएको माग र मुदा त्यसमा प्राथमिक्ताका साथ समेटिनु पर्ने बताए । जसपा मधेश प्रदेशको प्रचार प्रसार विभाग प्रमुख समेत रहेका उनले पार्टीको केही जिल्लामा नेतृत्व परिवर्तन हुन सक्ने संकेत पनि गरे । 
    उनले पार्टी संगठन सृदृढिकरणका लागी केही जिल्लामा नेतृत्व परिर्वतन लगायत अन्य के कस्ता रणनीतीहरु ल्याउनु पर्छ भन्ने सवालमा आफ्नो पुर्ण सर्मथन रहने भनी जसपा अध्यक्ष यादवले पनि स्पष्ट दिशा निर्देश गरिसकेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?