आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै

राजविराज राजविराज
|
शनिबार, पौष २३, २०७९
|
|
६९ पटक हेरिएको
Shares
आइडियलले पेपर लेस कारोबारलाई निरन्तरता दिँदै

सारांश

  •     उनले आफ्नो प्रतिवेदनमा संस्था राष्ट्रिय स्तरमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कून संस्थासँग आवद्ध तथा संस्थाको स्तरियकरण एंव ब्रान्डिङका लागि राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कूनको प्रोवेशन कार्यक्रमसँग आवद्ध रहेको उल्लेख गरे ।
  •       सोही प्रतिवेदनमा सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा २ लाखको लागतमा शुद्ध पिउने पानी प्लान्ट र एक हजार लिटर क्षमताको वाटर ट्यांकका साथै स्थानिय शिवमन्दिरमा ६६ हजार पर्ने घण्टा तथा सप्तरी क्रिक्रेट संघलाई प्रिमियर लिगमा समेत सहयोग गरेको उल्लेख छ ।
  •       संस्थाको शेयर पुँजी १० करोड ३३ लाख ७५ हजार १ सय ६ रहेको छ भने कुल बचत संकलन ९५ करोड ३५ लाख १७ हजार ४२ रुँपैया ७४ पैसा रहेको अध्यक्ष आशले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

    राजविराज÷आईडियल सहकारी संस्था लिमिटेडले शनिबार २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
    आयोजित सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गाणेश आशले संस्थाले कारोबारलाई बिस्तारै पेपर लेस अर्थात कागजको सट्टा डिजिटल प्रविधिको अधिकत्तम प्रयोग गरिरहेको जानकारी दिएका छन् । 
    उनले गत वर्षदेखी संस्थाले प्रदान गर्दै आएको आइडियल स्मार्ट एप, मिस्कल बैकिङ सेवा, इन्टरनेट बैकिङ, जुनसुकै बैंक खातामा फन्ड ट्रान्सफर, ई–सेवा वालेटमा लोड, एटिएम कार्डबाट भारतमा रकम झिक्ने व्यवस्थालाई निरन्तरता दिने बताए । 
    उनले आफ्नो प्रतिवेदनमा संस्था राष्ट्रिय स्तरमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कून संस्थासँग आवद्ध तथा संस्थाको स्तरियकरण एंव ब्रान्डिङका लागि राष्ट्रिय सहकारी बैंक तथा नेफ्स्कूनको प्रोवेशन कार्यक्रमसँग आवद्ध रहेको उल्लेख गरे ।  
    सोही प्रतिवेदनमा सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले प्रदेश प्रहरी तालिम केन्द्र राजविराजमा २ लाखको लागतमा शुद्ध पिउने पानी प्लान्ट र एक हजार लिटर क्षमताको वाटर ट्यांकका साथै स्थानिय शिवमन्दिरमा ६६ हजार पर्ने घण्टा तथा सप्तरी क्रिक्रेट संघलाई प्रिमियर लिगमा समेत सहयोग गरेको उल्लेख छ । 
    संस्थाको शेयर पुँजी १० करोड ३३ लाख ७५ हजार १ सय ६ रहेको छ भने कुल बचत संकलन ९५ करोड ३५ लाख १७ हजार ४२ रुँपैया ७४ पैसा रहेको अध्यक्ष आशले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ऋण लगानी ९३ करोड ७ लाख ६३ हजार ४० रुँपैया २२ पैसा रहेको छ भने कारोबारबाट निक्षेप रकमको लगभग ४ प्रतिशत नाफा आर्जन गर्न संस्था सफल भएको जनाइएको छ । 
    अध्यक्ष आशको अध्यक्षतमा सम्पन्न साधारण सभामा उपाध्यक्ष बिजयानन्द झाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव शैलेश चौधरीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सभामा संस्थाका संचालक समिति सदस्यहरु हरेराम जोशी, कौशल्या कुमारी रजक, लेखा समितिका दिनेश कुमार साह, डम्बर महतो, सुदामा प्रसाद सिंहलगायत संचारकर्मी तथा शेयर सदस्हरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
काँग्रेसको क्षेत्र नं. २ का पदाधिकारीहरुको पदस्थापन
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश 
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
पैगम्बरको जन्म जयन्तिमा राजविराजमा सद्भाव ¥याली
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा 
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु