पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत

राजविराज राजविराज
|
बिहिबार, पौष २८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत

सारांश

  •     बुधवार प्रेस काउन्सिल नेपालद्वारा पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा राजविराजमा आयोजना गरिएको पत्रकार आचार सहिंता, मिडीया विकास कोष र पत्रपत्रिका वर्गिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       “पत्रकारीता क्षेत्रका केही जटिल समस्या संसदबाट नै समाधान हुन सक्ने भएकाले त्यस तर्फ पनि पहल थालेका छौं, अध्यक्ष बस्नेतले भने–प्रेस काउान्सिल सबैसँगको समन्वयको आधारमा पत्रकारीता क्षेत्रको समस्या समाधान गर्न र स्वच्छ पत्रकारीताको मर्यादालाई कायम राख्न प्रयत्नशिल छ ।
  • ”     उनले पत्रकार र संचारमाध्यमले स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारीताका लागी न्याय निरुपणमा प्रभाव पर्ने, सार्वभौमसत्ता, राष्ट्रिय एकता र समाजिक सदभावमा खलल पुग्ने लगायतका कार्य नगर्र्न सहभागीहरु समक्ष १४ बुंदे सुझाव पत्र समेत प्रस्तुत गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ पुस ।

    प्र्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई मर्यादित निश्पक्ष र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको बताएका छन् । 
    बुधवार प्रेस काउन्सिल नेपालद्वारा पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा राजविराजमा आयोजना गरिएको पत्रकार आचार सहिंता, मिडीया विकास कोष र पत्रपत्रिका वर्गिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    “पत्रकारीता क्षेत्रका केही जटिल समस्या संसदबाट नै समाधान हुन सक्ने भएकाले त्यस तर्फ पनि पहल थालेका छौं, अध्यक्ष बस्नेतले भने–प्रेस काउान्सिल सबैसँगको समन्वयको आधारमा पत्रकारीता क्षेत्रको समस्या समाधान गर्न र स्वच्छ पत्रकारीताको मर्यादालाई कायम राख्न प्रयत्नशिल छ ।”
    उनले पत्रकार र संचारमाध्यमले स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारीताका लागी न्याय निरुपणमा प्रभाव पर्ने, सार्वभौमसत्ता, राष्ट्रिय एकता र समाजिक सदभावमा खलल पुग्ने लगायतका कार्य नगर्र्न सहभागीहरु समक्ष १४ बुंदे सुझाव पत्र समेत प्रस्तुत गरे । 
    कार्यक्रममा स्थानीय पत्रकारहरुले यहाँबाट डेढ दर्जन जति दैनिक, चार दर्जन जति साप्ताहिक पत्रपत्रिका र चार वटा अनलाइन मिडियाहरू संचालनमा रहेको जानकारी गराउँदै राज्यको उपेक्षाका कारण संकटमा परेको बताएपछि उनले साना लगानीका संचार माध्यमलाई जिवित राख्न वर्गीकरणको नतिजा स्वच्छ र निश्पक्ष गर्नेमा समेत काउन्सिल प्रतिवद्ध रहेको जनाए ।
    कार्यक्रमका अधिकाँश सहभागीले जिल्लावाट संप्रेषित पत्रपत्रिका ’ संचार माध्यमको विज्ञापनको कुनै ठोस श्रोत र आधार नरहेको कारण लोककल्याणकारी विज्ञापन वापत राज्यले उपलब्ध गराउदै आएको केही रकमले मात्रै धान्नु परेको भनी चिन्ता ब्यक्त गरेका थिए ।
    जवाफमा अध्यक्ष बस्नेतले सम्पुर्ण मिडियालाई नियमनसँगै लोकल्याणकारी विज्ञापन सुविधाको लागि वर्गीकरण गर्न  काउन्सिलले आवश्यक तयारी गरिसकेको जानकारी दिए । प्रेस काउन्सिल नेपालका सदस्य राम प्रसाद दाहालले पत्रकारीता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन विभिन्न नीती निर्माण कार्य तीब्र गतीमा अघि बढेको बताए । 
    कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाइले जेष्ठ र बरिष्ठ पत्रकारहरुलाई भावी दिनमा पेन्शनको व्यवस्था लागु गर्न काउन्सिल र सरकार संग समन्वय गरी अघि बढेको बताए । 
    प्रेस काउन्सिलका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र भुसालले पछिल्ला दिनहरूमा पत्रकार बढे पनि लेख्ने पत्रकारको उत्पादन कमै भएको अवस्था देखिएको बताए । समाचार लेख्नु भन्दा कपीपेष्ट गर्ने चलन बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गरेका उनले यस प्रति काउन्सिल कडा रुपले नियमन र अनुगम गरेर अघि बढ्ने बताए ।
    पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार आचार सहिंताको बारेमा पनि ब्यापक छलफल भएको थियो । कार्यक्रममा मधेश प्रदेश आम संचार प्राधिकारणका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस काउन्सिल नेपालका पुर्व सदस्य एवं बरिष्ठ पत्रकार अनिल कुमार अनल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रत्रकार महासंघ सप्तरीका पुर्व   सभापती मुरली प्रसाद यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, रुपनी गाउपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले पनि पत्रकारीता क्षेत्रमा देखिएको समस्या र तीनको समाधानबारे आ आफनो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
मैथिली भाषाले समुचित स्थान पाउन नसकेकोप्रति दुःख व्यक्त
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
किसानलाई उत्पादनमूखी अनुदान  दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
बलान नदीको डिलमा बृक्षारोपण 
बलान नदीको डिलमा बृक्षारोपण 
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न 
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न 
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन