दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
डाका मुद्दाका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ६ का ३८ वर्षिय संजय भन्ने संजिव कुमार चौधरी छन् ।
बि.स.२०६६ साल भदौं १५ गते सोही नगरपालिकाका गोसाई चौधरीको घरमा घरेलु हतियार देखाई संजिवसहितको एक समूहले सुन चाँदीका गरगहना र नगद समेत गरि लाखौंको सम्पत्ति लुटेर लगेका थिए ।
प्रहरीले चौधरीमाथी डाका मुद्दा अन्तरगत कारवाही प्रक्रिया चलाएपछि सप्तरी जिल्ला अदालतले २०७१ साल असार १७ गते ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उक्त घटनामा संलग्न रहेका अन्यको खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।
घटनापछि फरार रहेका संजिवलाई अघिल्लो दिन राती पक्राउ गरि शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेश अनुसार उनलाई कैद सजाय भुक्तानका लागि शुक्रबारै राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
सारांश
- दैनिक समाचारदाता राजविराज, २९ पुस ।
- डाका मुद्दाका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ६ का ३८ वर्षिय संजय भन्ने संजिव कुमार चौधरी छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया