दैनिक समाचारदाता
राजविराज, १२ गते ।
चौथो मिथिला कप टि २० क्रिकेट प्रतियोगिता माघ १४ गतेदेखी सुरु हुने भएको छ । युवा शक्ती क्लब विष्णुपुरको आयोजना संचालित उक्त प्रतियोगिता माघ २६ गते सम्म संचालन हुने भएको छ ।
क्लबले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितमा प्रदेश १ का ३, मधेश प्रदेशका १०, बागमती प्रदेशका १ र छिमेकी राष्ट्र भारतका २ गरी १६ टिमको सहभागिता रहने जानकारी गराएको छ ।
क्लबका अध्यक्ष इन्जिनीयर रवीन्द्र यादवका अनुसार करिब १५ लाख खर्च हुने अनुमान गरीएको प्रतियोगिताका विजेता टिमले १ लाख नगद र ट्रफी तथा उपविजेता टिम ५० हजार नगद र ट्रफी पाउने छन ।
यस्तै विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले समेत पुरस्कार पाउनेछन । नकआउट प्रणालीको आधारमा खेलाईने सम्पुर्ण खेल राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न हुने छ ।
प्रतियोगिता संचालनका लागी विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, छिन्नमस्ता गाउपालिका, रुपनी गाउँपालिका, बोदे वर्साईन नगरपालिका, राजविराजनगरपालिका, एस के इन्जिनीयरिङ्ग कन्सल्टेन्सी, अर्ना सिमेन्ट, मुक्तीनाथ विकास बैंक, मिलन डेरी, शिब्स बोडिङ्ग स्कुल लगायतका पालिका, शिक्षण संघ सस्था, प्रतिष्ठान र विभिन्न संघ संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने आयोजक समितीका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले जानकारी दिए ।
सप्तरी क्रिकेट संघको समन्वयमा गरिन लागेको प्रतियोगिताको मुख्य प्रायोजक रहेका विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक समितीले जनाएको छ ।
मिथिलाकपको चौथो संस्करण माघ १४ देखी २६ सम्म
सारांश
- क्लबले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितमा प्रदेश १ का ३, मधेश प्रदेशका १०, बागमती प्रदेशका १ र छिमेकी राष्ट्र भारतका २ गरी १६ टिमको सहभागिता रहने जानकारी गराएको छ ।
- क्लबका अध्यक्ष इन्जिनीयर रवीन्द्र यादवका अनुसार करिब १५ लाख खर्च हुने अनुमान गरीएको प्रतियोगिताका विजेता टिमले १ लाख नगद र ट्रफी तथा उपविजेता टिम ५० हजार नगद र ट्रफी पाउने छन ।
- यस्तै विभिन्न विद्यामा उत्कृष्ट खेलाडीले समेत पुरस्कार पाउनेछन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया