छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने

राजविराज राजविराज
|
मंगलबार, माघ २४, २०७९
|
|
२७ पटक हेरिएको
Shares
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने

सारांश

  •     दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्न, अव्यवस्थित वस्ती लगायतका भूमिहिनले बसोबास गर्दै आएको ऐलानी जग्गाहरुको आधारमा लालपूर्जा उपलब्ध गराइने छ ।
  •     ‘धेरै ठाउँमा दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्नहरुले ऐलानी जग्गामा घर बनाएका छन्’ गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘विस्तृत छानबन गरी यस्ता व्यक्तिलाई जग्गाको लालपूर्जा उपलब्ध गराइनेछ ।
  • ’     भूमी आयोगका अध्यक्ष केशव निरौला, जिल्ला भूमी आयोगका अध्यक्ष हरेराम यादव, पालिकाका प्रमुख चौधरी, नापी कार्यालय, सप्तरीका प्रमुखसहित सरोकारबालाबीच यस्तो समझदारी भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    भूमी आयोगका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधीसहित सरोकारबालाबीच सोमबार भएको सहमतिमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सुकुम्बासीलाई ऐलानी जग्गा हेरेर बितरण गरिने भएको छ ।
    दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्न, अव्यवस्थित वस्ती लगायतका भूमिहिनले बसोबास गर्दै आएको ऐलानी जग्गाहरुको आधारमा लालपूर्जा उपलब्ध गराइने छ ।
    ‘धेरै ठाउँमा दलित, सुकुम्बासी, भूमिहिन, अति विपन्नहरुले ऐलानी जग्गामा घर बनाएका छन्’ गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भने, ‘विस्तृत छानबन गरी यस्ता व्यक्तिलाई जग्गाको लालपूर्जा उपलब्ध गराइनेछ ।’
    भूमी आयोगका अध्यक्ष केशव निरौला, जिल्ला भूमी आयोगका अध्यक्ष हरेराम यादव, पालिकाका प्रमुख चौधरी, नापी कार्यालय, सप्तरीका प्रमुखसहित सरोकारबालाबीच यस्तो समझदारी भएको छ । पालिका प्रमुख र आयोगका पदाधिकारीबीच यस्तो सम्झौता भएको अध्यक्ष चौधरीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ