दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस इकाई कमिटीले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा ‘अबको शिक्षा नीति कस्तो हुनुपर्छ’ विषयमा सम्पन्न उक्त प्रतियोगितामा बि.बि.एस.प्रथम वर्षमा अध्यनरत सुनिलकुमार यादव प्रथम भएका छन् ।
यस्तै बि. एड. तृतीय वर्षका मो. जकाउल्लाह द्वितीय र वि.एड.द्वितीय वर्षका देवा मण्डलले तृतीय भएका छन् ।
१० जना विद्यार्थीहरु सहभागि रहेको उक्त प्रतियोगितामा सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेल, क्याम्पसका प्राध्यापक सुर्यनारायण यादव र शिक्षक शालिग्रामस्स् ियादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विजेता र सहभागीहरुलाई निर्णायक समितिका अध्यक्ष पोखरेल र सदस्य यादवले पुरस्कार वितरण गरेका थिए ।
अनरोस्ववियू क्याम्पस इकाई कमिटीका अध्यक्ष भवानी ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शंकर यादव तथा सहजीकरण अनेरास्ववियूका सचिवालय सदस्य एवम् जिल्ला इन्चार्ज ललितनारायण रजकले गरेका थिए ।
वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सारांश
- महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा ‘अबको शिक्षा नीति कस्तो हुनुपर्छ’ विषयमा सम्पन्न उक्त प्रतियोगितामा बि.
- बि.
- एस.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया