दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
सप्तरीको रुपनी गाउँपालिकामा आगलागी हुँदा आधा दर्जन घर जल्नुका साथै १५ लाख भन्दा बढी मुल्य बराबरको धनमालको क्षति भएको छ ।
रुपनी गाउँपालिका १ रायपुरस्थित अनिल नारायण यादवको गाईगोठबाट आइतबार मध्यरात १२ बजेतिर सल्केको आगोले छिमेकीसहित ६ वटा घर जल्नुुका साथै उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगोले अनिल नारायण यादवका साथै छिमेकी मायाराम यादव, रोज नारायण यादव, गंगाराम यादव र नागेन्द्र यादव लगायतका ६ परिवारलाई बेघर बनाएको हो । आगलागीमा परेका सबै घर फुस, काठ र टिनको छाना भएका हुन् ।
स्थानीयका अनुसार अनिल नारायण यादवको गाईगोठमा लामखुट्टे धपाउन बालेका घुरबाट अचानक आगो सक्लेको हो ।
आगलागी पीडित अहिले कोही आफन्तकहाँ त कोही खुला चउरमा बस्न बाधय छन् । आगो २ घण्टाको प्रयास पछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
आगो नियन्त्रणमा राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको वारुणयन्त्र, स्थानियवासी, इलाका प्रहरी कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालयको टोली सक्रिय थिए ।
डिएसपी सिंहका अनुसार आगलागीबाट १५ लाख ५२ हजार मूल्य बराबरको सम्पति जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
लामखुट्टे धपाउन बालिएको घुर सल्किदा आधा दर्जन घर नष्ट
सारांश
- रुपनी गाउँपालिका १ रायपुरस्थित अनिल नारायण यादवको गाईगोठबाट आइतबार मध्यरात १२ बजेतिर सल्केको आगोले छिमेकीसहित ६ वटा घर जल्नुुका साथै उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
- आगोले अनिल नारायण यादवका साथै छिमेकी मायाराम यादव, रोज नारायण यादव, गंगाराम यादव र नागेन्द्र यादव लगायतका ६ परिवारलाई बेघर बनाएको हो ।
- आगलागीमा परेका सबै घर फुस, काठ र टिनको छाना भएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया