दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
सप्तरीस्थित होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले सोमबारदेखी सदरमुकाम राजविराजबाट स्टिकर टाँस्दै कार्यको शुभारम्भ भएको छ ।
होटल र रेष्टुरेन्टहरुमा देखिने स्वच्छताको आधारमा अत्ति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरि चार किसिमको स्टिकर टाँस गरिने छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार प्रतिनिधि सम्मिलित टोलीले अनुगमन तथा खाद्य स्वच्छताको आधारमा होटल र रेष्टुरेन्टको स्तरिकरण गर्दै स्टिकर टाँस्ने कार्यको शुभारम्भ गरिएको हो ।
टोलीले जिल्लाभरका होटल र रेष्टुरेन्टहरुको अनुगमन गरि स्तरिकरण निर्धारण र मापदण्ड अनुसारको स्टिकर प्रदान गर्ने कार्यक्रम रहेको खाद्य तथा प्रविधि डिभिजन कार्यालयका सुरेश कुमार सिंहले जानकारी दिए ।
पहिलो दिन सदरमुकाम राजविराजमा गरिएको अनुगमनको क्रममा अति उत्तम श्रेणीमा कुनै पनि होटल र रेष्टुरेन्ट पर्न नसकेको र कतिपय होटलबाट म्याद गुज्रेका, सडेगलेका, अखाद्यय बस्तु जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
अनुगमन र स्टिकर टाँस्ने क्रममा प्रजिअ पौडेलले अखाद्य बस्तु बितरण नगर्न तथा सरसफाईमा विशेष ध्यान दिन भन्दै होटल र रेष्टरेन्ट संचालकहरुलाई सचेत समेत गराएका थिए ।
सो टोलीमा प्रजिअ पौडेलका साथै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, खाद्य तथा प्रविधि डिभिजन कार्यालयका सुरेश कुमार सिंह, रमेश दाहाल, उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, घरेलु तथा साना उद्योग कार्यालयका खगेन्द्र बुढाथोकी तथा पत्रकार सहभागि छन् ।
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै
सारांश
- होटल र रेष्टुरेन्टहरुमा देखिने स्वच्छताको आधारमा अत्ति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरि चार किसिमको स्टिकर टाँस गरिने छ ।
- सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार प्रतिनिधि सम्मिलित टोलीले अनुगमन तथा खाद्य स्वच्छताको आधारमा होटल र रेष्टुरेन्टको स्तरिकरण गर्दै स्टिकर टाँस्ने कार्यको शुभारम्भ गरिएको हो ।
- टोलीले जिल्लाभरका होटल र रेष्टुरेन्टहरुको अनुगमन गरि स्तरिकरण निर्धारण र मापदण्ड अनुसारको स्टिकर प्रदान गर्ने कार्यक्रम रहेको खाद्य तथा प्रविधि डिभिजन कार्यालयका सुरेश कुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया