राजविराज÷सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ भन्सार कार्यालय अगाडीबाट शनिबार प्रहरीले एक भारतीय महिलालाई श्रोत नखुलेको ७ लाख भन्दा बढी नेपाली रुँपैयासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सुपौल कुनौली ग्राम पंचायत कमलपुर निवासी ३१ वर्षिया अस्मिता कुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले ती महिलासँग स्रोत नखुलेको नेपाली रकम ६ लाख ८३ हजार ३ सय र भारतीय रकम रु. ५० हजार गरि जम्मा नेपाली ७ लाख ६३ हजार हजार ३ सय फेला परेको जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको कर्मचारीसहित संयुक्त चेकिङ टोलिले शंका लागि चेक जाँच गर्ने क्रममा उक्त रकम फेला परेको तथा नियमानुसार बरामद गरिएको उक्त रकम सहित महिलालाई आवश्यक कारवाहीको लागी आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जनाइएको छ ।
श्रोत नखुलेको रकमसहित भारतीय महिला पक्राउ
सारांश
- नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको कर्मचारीसहित संयुक्त चेकिङ टोलिले शंका लागि चेक जाँच गर्ने क्रममा उक्त रकम फेला परेको तथा नियमानुसार बरामद गरिएको उक्त रकम सहित महिलालाई आवश्यक कारवाहीको लागी आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया