दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा सोमबार राती भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने एक दर्जन व्यक्ति घाइते भएका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कंचनरुप नगरपालिका ९ विष्णु मन्दिर सडक खण्डमा सोमवार मध्यराती दुई सवारी साधन एक आपसमा ठोक्किदा दुई जनाको घट्नास्थल मै मृत्यु भएको छ भने दुर्घटनामा १२ जना घाइते भएका छन् ।
राती २ बजेतीर पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.१८च. ६६१७ नम्बरको स्कारपियो र विपरित दिशाबाट घोडा लोड गरी आउँदै गरेको प्र.२–०२–००१च.०७४६ नम्बरको बोलेरो एक आपसमा ठोक्किएर सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
मृत्यु हुनेमा स्कारपियोमा सवार सुनसरीको दहवी नगरपालिका ३ वस्ने ४० वर्षिय हरेराम साह हलुवाई र ४२ वर्षिय राज कुमारी चौधरी छन् । दुर्घटनामा घाईते भएका १२ जनाको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि बिराटनगर पठाइएको तथा सो घट्नामा २ वटा घोडा समेत मरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टर्माटमका लागी गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइ दुर्घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा सोमबार राती भारतीय नम्बरको कारको ठक्करबाट एक अपरिचित पैदल यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पुर्वतर्फ आउदै गरेको जि.जे.१०बी.जि.८१३३ नम्बरको भारतीय नम्बरको कारले नाम, थर, वतन नखुलेको ३५ वर्षिय पुरुषलाई ठक्कर दिएको हो ।
ठक्कर पश्चात् गम्भिर घाईते भएका उनलाई उपचारको लागी भारदह अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्कर दिने कार र कार चालक भारतको बिहार राज्य सुपोल जिल्ला भिमनगर बस्ने ४९ वर्षिय राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
सारांश
- पुर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कंचनरुप नगरपालिका ९ विष्णु मन्दिर सडक खण्डमा सोमवार मध्यराती दुई सवारी साधन एक आपसमा ठोक्किदा दुई जनाको घट्नास्थल मै मृत्यु भएको छ भने दुर्घटनामा १२ जना घाइते भएका छन् ।
- राती २ बजेतीर पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.
- १८च.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया