दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
राजविराजस्थित ह्यापील्याण्ड सेकेन्ड्री स्कूलमा कक्षा ९ मा अध्ययनरत १८ वर्षिय गौतम यादव बुधवार आफ्नै डेरामा पंखाको फलामे रडमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सप्तरीको तिरहुत गाउँपालिक ५ लोहजारा निवासी कुलानन्द यादवका १८ वर्षिय छोरा गौतम अध्ययनकै लागि राजविराज ३ स्थित चलितर साहको घरमा एउटा कोठा भाडामा लिई बस्दै आएका थिए । यता डेरा नजिकै रहेको विद्यालय विगत दुई सातादेखि उनी गएका थिएनन ।
यसअघि घरधनी साहले बुधवार विहान उनी बस्ने कोठामा कुनै हलचल नदेखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताए ।
जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले मुचुल्का उठाई गौतमको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको छ ।
यसैबीच बुधवारै सप्तरीको कन्चनपुर नगरपालिका ५ मा एक महिलाले आत्महत्या गरेकी छिन् ।
सो वडाको पिप्रा पुर्व गाउँ बस्ने २६ वर्षिया माला चौधरीले घाटीमा साडीको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घर पछाडि रहेको आँपको रुखमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा उनको मृत शरिर फेला परेको प्रहरीले जनाएको छ ।
दुई सातादेखि विद्यालय नगएका छात्र मृत फेला, २६ वर्षिया महिलाद्वारा आत्महत्या
सारांश
- सप्तरीको तिरहुत गाउँपालिक ५ लोहजारा निवासी कुलानन्द यादवका १८ वर्षिय छोरा गौतम अध्ययनकै लागि राजविराज ३ स्थित चलितर साहको घरमा एउटा कोठा भाडामा लिई बस्दै आएका थिए ।
- यता डेरा नजिकै रहेको विद्यालय विगत दुई सातादेखि उनी गएका थिएनन ।
- यसअघि घरधनी साहले बुधवार विहान उनी बस्ने कोठामा कुनै हलचल नदेखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया