उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित

राजविराज राजविराज
|
शनिबार, चैत्र २, २०७५
|
|
६३ पटक हेरिएको
Shares
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित

सारांश

  •     नहरमा पानी नआउँदा र अकाशबाट समेत पानी नपर्दा सुख्खा खडेरीले चैते धान खेतीमा कमी आउने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।
  •  जिल्लाको इहटरी विष्णुपुर, बरही वीरपुर, कोचाबखारी, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरामल्हनियाँ, हनुमान नगर, भारदह, इनर्वा, महदेवा र देउरी भरुवालगायतका ठाँउमा चैते धान खेती हुने गरेको बताइएको छ ।
  •     तेस्रो प्रमुख बालिको रुपमा रहेको चैते धान खेतीमा ह्रास आउनु सिँचाइको अभाव रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले बताउनुभयो ।

    राजविराज÷उचित सिचाइको व्यवस्था हुन नसक्दा र समयमा वर्षा नभएका कारण सप्तरीमा चैते धान रोपाइँ प्रभावित भएको छ ।
    कोशी पम्प चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमितरुपमा पानी नछाडेकाले किसानलाई खेती गर्ने बेलामा पानीको अभाव हुने गरेको किसानले गुनासो गरेका छन् । 
    वैकल्पिक बालिका रुपमा मानिएको चैते धानको खेती गर्ने किसानलाई सरकारले समयमा सिँचाइको व्यवस्था गर्न नसकेकोले पनि बाध्य भएर अहिले पम्पसेट, विद्युतीय मोटर र वैकलपिक माध्यमबाट चैते धान रोप्न लागेको किसानहरुले बताएका छन् । 
    नहरमा पानी नआउँदा र अकाशबाट समेत पानी नपर्दा सुख्खा खडेरीले चैते धान खेतीमा कमी आउने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लाको इहटरी विष्णुपुर, बरही वीरपुर, कोचाबखारी, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरामल्हनियाँ, हनुमान नगर, भारदह, इनर्वा, महदेवा र देउरी भरुवालगायतका ठाँउमा चैते धान खेती हुने गरेको बताइएको छ ।
    तेस्रो प्रमुख बालिको रुपमा रहेको चैते धान खेतीमा ह्रास आउनु सिँचाइको अभाव रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले बताउनुभयो । यसैबीच २०७३ साउनमा आएको भिष्ण बाढीका कारण कोशी पम्प चन्द्र नहर टुटफुट भएकाले पानी छाडन समस्या हुने गरेको कोशी पम्प चन्द्र डिभिजन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
जेसीजले महिला दिवस फरक ढंगले मनायो
जेसीजले महिला दिवस फरक ढंगले मनायो
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
बाढीका कारण गाईघाट कदमाहा सडकखण्ड अबरुद्ध 
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु