दुई लाख भन्दा बढी भारतीय  नोटसहित एक पक्राउ

राजविराज राजविराज
|
बुधबार, बैशाख ६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
दुई लाख भन्दा बढी भारतीय  नोटसहित एक पक्राउ

सारांश

  •     चेकजाँज गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ पैदल हिडदै आउदै गरेको भारतको बिहार राज्य अन्तरगत मधेपुरा जिल्ला ग्रामपंचायत रायभिर वडा नं.
  • १५ थाना बसन्तपुर घर भएका ४१ वर्षका बिधानन्द कुमार विमललाई नियन्त्रणमा लिएको हो ।
  •       चेकजाँच गर्ने क्रममा उनका साथबाट २ हजारको ४ थान, ५ सयको ३ सय ८८ थान र २ सयको ५० थान गरी जम्मा २ लाख १२ हजार भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 

    सप्तरी तिलाठी कोईलाडी गाँउपालिका वडा नं. १ स्थित खाडो खोला स्थितसडकमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको प्रहरी टोलिले २ लाख १२ हजार भारतीय नोटसहित एकजनालाई नियन्त्रणमा लिएको छ । 
    चेकजाँज गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ पैदल हिडदै आउदै गरेको भारतको बिहार राज्य अन्तरगत मधेपुरा जिल्ला ग्रामपंचायत रायभिर वडा नं. १५ थाना बसन्तपुर घर भएका ४१ वर्षका बिधानन्द कुमार विमललाई नियन्त्रणमा लिएको हो । 
    चेकजाँच गर्ने क्रममा उनका साथबाट २ हजारको ४ थान, ५ सयको ३ सय ८८ थान र २ सयको ५० थान गरी जम्मा २ लाख १२ हजार भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता प्रहरीले भारतिय रुपैयासहित नियन्त्रणमा लिइएका विधानन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?